मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बाँदर आतंक अन्त्य गराउन उम्मेदवारसँग माग

बाँदर आतंक अन्त्य गराउन उम्मेदवारसँग माग


देवघाट– धार्मिक क्षेत्र देवघाटका मतदाताले बाँदरको आतंक अन्त्य गराउन कांग्रेसका उम्मेदवारहरुसँग माग गरेका छन् ।
 
भोट माग्न देवघाट पुगेका चितवन–२ का प्रतिनिधिसभाका कांग्रेस उम्मेदवार शेषनाथ अधिकारी र प्रदेशसभा सदस्य उम्मेदवार जीतनारायण श्रेष्ठलाई देवघाटवासीले बाँदरको आतंक बन्द गराउन माग गरेका हुन् । ‘हामीलाई अरु विकास चाहिँदैन, तपाइँहरुले पहिला बाँदर आतंक बन्द गराइदिनुस्’, स्थानीयले भने, ‘देवघाट क्षेत्रका बासिन्दालाई दुःख दिइरहेका बाँदरहरुलाई अन्यत्रै  वन क्षेत्रमा लगेर छाड्नुप¥यो ।’
 
पछिल्लो समय देवघाटमा बाँदरले सर्वसाधारणलाई दुःख दिइरहेको छ । बाँदरको समस्या समाधानमा स्थानीय असफल भइरहेका बेला उनीहरुले आफ्ना उम्मेदवारहरुलाई नै बाँदर आतंक अन्त्य गराउन माग गरेका हुन् ।
 
स्थानीयको मागपछि प्रतिनिधिसभा सदस्यका लागि चितवन २ का कांग्रेस उम्मेदवार शेषनाथ अधिकारीले बाँदरको दीर्घकालीन समस्या समाधानका लागि विशेष योजना ल्याउने प्रतिबद्धता व्यक्त गरे । ‘तपाइँहरुकै सल्लाह र सुझावअनुसार बाँदरको समस्या समाधानमा लाग्ने छु’, उनले भने– ‘यहाँका बाँदर ठूला–ठूला जंगल भएका ठाउँमा लगेर छाड्नुपर्ने अहिलेको आवश्यकता हो ।’ 
 
घरदैलो कार्यक्रमपछि कोणसभामा बोल्दै मन्त्री अधिकारीले देवघाटलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न सकिने उल्लेख गरे । देवघाटको वेणी संगमलाई धार्मिकरुपले मह¤वका साथ हेरिने गरेकाले यसलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने अधिकारीको भनाइ छ । ‘धार्मिक क्षेत्रको रुपमा रहेको यस क्षेत्रलाई पर्यटनसँग जोडेर विकासका पूर्वाधारहरु थप गर्न सकिने छ’ उनले भने ।
 
सोही अवसरमा बोल्दै प्रदेशसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले बाँदर नियन्त्रणका लागि देवघाट क्षेत्र विकास समितिसँग समन्वय गर्दै अघि बढ्ने बताए । जनताको माग सम्बोधन गर्नका लागि कांग्रेसले जित्नु आवश्यक रहेको उनको भनाइ थियो ।
 
भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित देवघाटमा रहेका वृद्धवृद्धाहरुको आर्शिवाद लिँदै अधिकारी र श्रेष्ठले मंगलबारको घरदैलो कार्यक्रम सुरू गरेका थिए । यसैबीच, घरदैलो कार्यक्रमपछि नारायणगढमा आयोजित कोणसभामा बोल्दै राज्यमन्त्री अधिकारीले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि लोकतान्त्रिक उम्मेदवारहरुको जीत हुन जरूरी रहेको बताए ।
 
चितवन–२ का प्रतिनिधिसभा सदस्यमा कांग्रेसका तर्फबाट उम्मेदवारसमेत रहेका राज्यमन्त्री अधिकारी यो निर्वाचन लोकतन्त्रलाई संस्थागत गर्ने कि धराशायी गराउने भन्नेबीचको निर्वाचन भएको बताए ।
 
‘अहिलेको निर्वाचन लोकतन्त्र बचाउने कि गुमाउने भन्ने हो’, राज्यमन्त्री अधिकारीले भने, ‘निर्वाचनमा हारजित ठूलो कुरा हैन तर पनि लोकतन्त्रलाई जिताउने हो भने लोकतन्त्रवादी उम्मेदवारहरुलाई जिताउन जरूरी छ ।’
 
एमाले र माओवादी नेपालमा कम्युनिस्ट साम्यवाद ल्याउन लागेको आरोप लगाउँदै उनले लोकतन्त्रलाई धराशायी बनाउनबाट बचाइ यसको संस्थागत विकास गर्न पनि लोकतन्त्रवादीहरुको जीत सुनिश्चित रहेको उनको भनाइ छ ।
 
‘देश अहिले राजनीतिक स्थिरतातर्फ लम्किरहेको अवस्थामा विकास र आर्थिक समृद्धिलाई जोड्न सकेमात्र नागरिकले राहत महसुस गर्ने छन्’, उनले भने । उनले ग्रामीण क्षेत्रसम्म शिक्षाको पहँुच पु¥याउनुपर्ने आवश्यकता औँल्याउँदै शिक्षाले मात्रै नागरिकको जीवनस्तर उकास्न सहयोग पु¥याउने बताए ।
 
सो अवसरमा नारायणगढका विभिन्न घरहरुमा पुगेर नै उम्मेदवारहरुले भोट मागेका थिए । त्यसैगरी मंगलबार लोकतान्त्रिक गठबन्धनको भरतपुर महानगरपालिका वडा नम्बर २ जलमा चोकमा प्रमुख अतिथि क्षेत्र नम्बर २ नेपाली कांग्रेसका प्रतिनिधिसभाका उम्मेदवार तथा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले वडा चुनाव प्रचारप्रसार कार्यालयको उद्घाटन गरेका छन् ।
 
मनोज रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका जिल्ला सहकोषाध्यक्ष डोलक पुडासैनीले मन्तव्य राखे । कार्यक्रममा उनले चितवनको विकासप्रेमी नेतालाई जिताउन आग्रह गरे ।