हिमालयखवर संवाददाता
काठमाडौँ- नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द (गोरख) विष्ट विदेशमा बस्ने नेपालीको तर्फबाट नेपाली काँग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले यसै साता विष्टलाई उक्त पदमा मनोनीत गरेका हुन् । विष्ट हाल चुनाव प्रचार प्रसारका लागि नेपालमा छन् ।
यो मनोनयन सँगै अमेरिका बस्ने विष्टले पुरानो सत्तारुढ पार्टी नेपाली काँग्रेसमा आफ्नो कद समेत वढाएका छन् ।
जनसम्पर्क समिति नेपाल काँग्रेसलाई समर्थन गर्ने विदेशमा बस्ने नेपालीको संगठन हो । विष्ट करिब ३ वर्ष अघि देखि जनसम्पर्क समिति अमेरिकाका सभापति छन् ।
विगतका तयारी अनुसार नोभेम्बर महिनामा जनसम्पर्क समिति अमेरिकाको अधिवेशन भई नयाँ नेतृत्व चयन हुनुपर्ने थियो । तर, नेपालमा निर्वाचन परेकाले अधिवेशन घोषणा भएको छैन ।
प्रतिक्रिया