मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विपक्षीले फेसबुकमार्फत भ्रम फैलाए : विक्रम पाण्डे

विपक्षीले फेसबुकमार्फत भ्रम फैलाए : विक्रम पाण्डे


चितवन– चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार विक्रम पाण्डेले विपक्षीले ‘फेसबुक’मार्फत अनावश्यक भ्रम फैलाएको आरोप लगाएका छन् । 
 
भरतपुर–२२ पटिहानीमा लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी प्रसारप्रसार सम्पर्क कार्यालयको उद्घाटन गर्दै उनले भने, “मैले निकुञ्ज हुँदै माडी जाने बाटोका रुख हटाएँ, शुल्क मिनाहा गरेँ, ती सबै काम मैले गरेको भनेर फेसबुकमा राखेका छन् ।”
 
उनले सामाजिक सञ्जालमा आफूले साबिक निर्वाचन क्षेत्रमा गरेका विकासका कामलाई समेत आफैँले गरेको भन्दै अनावश्यक प्रचार गरेर जनता झुक्याउन उद्धत भएको बताए । 
 
“नारायणी, राप्ती नदी किनारलाई मैले पर्यटन मार्ग बनाउँछु भनेर प्रतिवद्धता जनाउँदै हिँडे”, उनले भने, “मैले यो काम गर्छु भनेर प्रतिवद्धता गरेको थाहा पाउँन साथ हामीले गर्छौँ, त्यो हाम्रो योजना हो भन्दै हिँड्न थालेका छन् ।” 
 
उनले लोकतान्त्रिक गठबन्धनले चितवन ३ विकासका लागि ल्याएका नयाँ योजनालाई समेटेर विपक्षी उम्मेद्वारले मेरो प्रतिवद्धता हो भन्दै फेसबुकमा सार्वजनिक गरेको देखेँ, मलाई सारै अप्ठ्यारो प¥यो ।” उनले साबिक निर्वाचन क्षेत्रमा आफ्नै पहलमा सम्पन्न भैसकेका कतिपय योजनालाई विपक्षी गठबन्धनले हामीले गर्नेछौँ भन्दै प्रतिवद्धता पत्र तयार गरेको पाएको बताए । 
 
“फेसबुकमा सबै हाम्रा काम र योजनालाई मेरै हो भन्दै बोल्दै हिँड्न थालेका छन्”, उनले भने, “हामी राजनीति गर्न जान्दैनौँ, विकास गर्छौँ, जनता अब झुक्निे छैनन् ।”
 
'देवी ज्ञवाली अपहरणमा परेजस्तै देखिए'
 
वन तथा भूसंरक्षण मन्त्री तथा प्रतिनिधिसभा सदस्यका उम्मेद्वार विक्रम पाण्डेले एमाले नेता देवी ज्ञवाली अपरहणमा परेजस्तो अनुभूति भएको बताए । 
 
“हँसिलो अनुहार, मिठो भाषण गर्ने ज्ञवाली अहिले जे जे बोल भन्यो त्यही बोलेर हिँडेजस्तो लाग्न थालेको छ”, उनले भने, “ठ्याक्कै अपहरणमा परेको व्यक्तिजस्तो बन्नुभएको छ ।” उनले विगतमा ज्ञवालीको संगतको सम्झना कार्यकर्तालाई सुनाए । “सारै दुःख प¥यो, जसरी पनि पैसा खोजेर दिउँ भन्न लगाउनु हुन्थ्यो”, उनले भने, “अहिले उनीहरुकै पक्षमा भाषण गर्दै हिँडेको देखेको छु ।” 
 
ज्ञवाली भरतपुर महानगरको मेयरमा झिनो मतान्तरले तत्कालिन कांग्रेस–माओवादी गठबन्धनका तर्फबाट माओवादी नेतृ रेणु दाहालबाट पराजित भएका व्यक्ति हुन् । तत्कालिन अवस्थामा भरतपुर–१९ मा मतपत्र च्यातिएर पुनःमतदान हुने बेला सम्म माओवादी केन्द्र र एमालेबीच पानी बाराबारको सम्बन्ध थियो । 
 
'चन्दा दिएको दिन भुल्नु भयो ?'
 
नेता पाण्डेले द्वन्दकालमा तत्कालिन माओवादीलाई चन्दा दिएको घटना मतदान गर्ने बेला नबिर्सन कार्यकर्तालाई अनुरोध गरेका छन् । उनले परिवर्तनका लागि आन्दोलन भन्दै हिँडेका माओवादी आजभोली सत्ताकेन्द्रित राजनीतिमा रमाउन थालेको आरोप लगाए । 
 
“ऋण लगाएर बसेका बेला भए पनि बैंकबाट ऋण लिएर चन्दा दिएको भुल्नुभएको छ रु”, नेता पाण्डेले भने, “कांग्रेस, एमालेसित मिलेर सत्तामा जानु थियो भने किन हजारौँ नेपालीहरु मारिनुप¥यो रु सुरुमै सत्ताको राजनीतिमा रमाएको भए हुन्थ्यो ।”
 
सोमबार मन्त्री पाण्डेले भरतपुर–८ गौरीगञ्ज, भरतपुर–१७ मा चुनावी प्रचार प्रसार कार्यालयको उद्घाटन गरे । उनले विपक्षि गठबन्धनले फैलाएका भ्रम चिर्न सम्पर्क कार्यालयले शशक्त भूमिका खेल्नुपर्नेमा जोड दिए ।