मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

म जित्नमात्रै चितवन आएको होइन : प्रचण्ड

म जित्नमात्रै चितवन आएको होइन : प्रचण्ड


चितवन– पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू जित्नलाई मात्र चितवन नआएको बताएका छन् । उनले चितवनको समग्र विकासको लागि आफ्नो उम्मेदवारी रहेको बताए । ‘चितवनलाई तीव्र विकासको आवश्यकता छ, विकास र सम्वृद्धिमार्फत चितवनलाई देशकै नमुना जिल्ला बनाउन छ, त्यसको लागि म चितवन आएको हो’ प्रचण्डले भने । 
 
वाम गठबन्धन क्षेत्र नं. ३ चितवनद्वारा आइतबार मंगलपुरमा आयोजित  सभामा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले भने, ‘बामपन्थीहरूको स्थिर सरकारले मात्र देशको मुहार कायापलट गर्छ । ५ वर्षमा चितवनको मुहार अवश्य फेरिन्छ ।’ 
 
वामपन्थीहरूको एकता राष्ट्रको एकता भएको बताउँदै अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसलाई प्रजातान्त्रिक एकता कायम गरी अगाडि बढ्नसमेत सुझाए । दाहालले चितवन निर्वाचन क्षेत्र नं. ३ मा आफ्नो कुनै प्रतिस्पर्धी नभएको दाबी गरेका थिए । 
 
अध्यक्ष प्रचण्डले विस्तृत शान्ति सम्झौता गर्दा शान्तिमार्फत् समद्ध नेपाल निर्माण गर्ने सपना स्व. गिरिजाप्रसाद कोइरालाले देख्नुभएको प्रसङ्ग स्मरण गर्दै सम्झौताको हस्ताक्षरकर्ता आफू जीवित हुनाका नाताले उहाँको सपना पूरा गर्न आफू प्रतिबद्ध रहेको बताए । उनले नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूलाई गिरिजाबाबुलाई संझिएर आफूलाई मतदान गर्नसमेत आग्रह गरेका थिए ।