चितवन– नेपाली कांग्रेसको तर्फबाट चितवन क्षेत्र नम्बर ३ को प्रदेश उम्मेदवार दिनेश कोइरालाले आफू निर्वाचित भए तलब भत्ता नलिने घोषणा गरेका छन् ।
आफू सांसद भए त्यसबापत पाउने तलब भत्ता सीप विकासमा खर्चिने बताएका छन् । पाएको तलब र भत्तालाई आफ्नो क्षेत्रका महिला र युवाको सीप विकास लागि सहयोग गर्ने उनले बताए ।
३ नम्बर क्षेत्रअन्र्तगत प्रदेश तर्फको ‘ क’ बाट दिनेश कोइरालाले उमेदवारी दिएका हुन् । राजनीतिक तथा सामाजिक ज्ञान हाँसिल गरेका कोइरालाले विकास नै आफ्नो प्राथमिकता भएको बताए ।
चुनावी कार्यक्रमअन्तर्गतको सभामा बोल्दै उनले भिजनबिना विकास सम्भव नहुने भन्दै विकासको मोडालिटी तयार गरेको जानकारी दिए ।
उनले अरुलाई आरोप लगाएर आफू माथि नआउने भन्दै आफ्नो योजनाका साथ मतदाताकोमा पुगेको बताए । लोकतान्त्रिक गठबन्धनबाट उमेदवारी दिएका कांग्रेस नेता दिनेश कोइरालाले आश्वासनले देश नबने भन्दै आफू होइन देश बनाउनु सच्चा नेतृत्व भएको बताए । कोइरालाले जनलहर आफू पट्टी आएको भन्दै सबैको साथ पाएको प्रतिक्रिया दिए ।
बुधबार शिवनगरमा नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक पार्टीको संयुक्त प्रचारप्रसार कार्यालयको उदघाटन गरिएको छ । नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति टेकप्रसाद कोइरालाले कार्यालयको उदघाटन गरे । गुरूङले प्रजातन्त्रको रक्षाका लागि लोकतान्त्रिक गठबन्धनलाई जिताउनका लागि आग्रह गरे ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्यका उमेदवार विक्रम पाण्डेले स्थानीय समस्याबारे भिजेको भन्दै जनताको चाहनामा कुठाराघात नगर्ने बताए । पश्चिम चितवनको कान्छीचोकमा गरिएको कोणसभामा कोइरालाले घरदैलो कार्यक्रमलाई पनि निरन्तरता दिएका छन् ।
नेपाली कांग्रेसका महासमिति सदस्य, नेपाल जेसीजका पूर्वराष्ट्रिय अध्यक्ष रहेका कोइराला युवा पुस्तामाझ लोकप्रिय मानिन्छन् । विगत ३० वर्षदेखि उनी राजनीतिमा सक्रिय छन् ।
प्रतिक्रिया