मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कम्युनिष्टमा राजनैतिक इमान्दारिता नहुने : श्रेष्ठ

कम्युनिष्टमा राजनैतिक इमान्दारिता नहुने : श्रेष्ठ


चितवन– चितवनको प्रदेशसभा क्षेत्र नम्बर २ (क)का उम्मेद्वार जीतनारायण श्रेष्ठले कम्युनिष्टमा राजनैतिक ईमान्दारिता नहुने बताएका छन् । 
 
कालिका नगरपालिका–८ मा आयोजित भेलालाई सम्बोधन गर्दै श्रेष्ठले सत्ता मोहका कारण कम्युनिष्ट पार्टीहरु बिग्रिएको जिकिर गर्दै वामपन्थी शक्ति एक हुनुमा सत्तामोह नै रहेको दावी गरे ।
 
२०६४ सालको संविधानसभाको निर्वाचनमा पनि जनताले कम्युनिष्टलाई पहिलो शक्ति बनाएको तर त्यो समयमा जनताका लागि संविधान जारी गर्नुभन्दा पनि सरकार परिवर्तनमा मात्रै केन्द्रित भएको बताए । 
 
सत्ताको मोहका कारण वाम एकता निर्वाचन पछि फुट्ने दाबी गर्दै उनले संविधानको रक्षाका लागि काँग्रेस र लोकतान्त्रिक गठबन्धनको जीत हुनु आवश्यक रहेको बताए । एमाले र माओवादीसँग कुनै ईमान्दारिता नरहेकाले निर्वाचनमा ठूलो क्षति हुने भएपछि डरले एक ठाउँमा पुगेको उनको भनाइ थियो ।
 
नेपालको हरेक विकासका क्रमहरु काँग्रेसकै अगुवाईमा भएको भन्दै उनले जनताले काँग्रेसको साथ र सहयोग खोजेको बताए । जनताको चाहनाअनुसारको इतिहास र भविष्य बोकेको काँग्रेसलाई कुनै तागतले हराउन नसक्ने भन्दै श्रेष्ठले पहाडी क्षेत्रको विकास र नारायणगढबजारको व्यवस्थापन आफ्नो जिम्मेवारी रहेको बताए । 
 
सिद्धिमा रहेका चेपाङ्हरुको पीडामा मलम लगाउँदै आएको बताउँदै उनले हरेक समस्याको समाधनका लागि मुलुकमा काँग्रेस नै आवश्यक पर्ने बताए ।
 
राजनीतिमा जे पनि हुन सक्ने भन्दै उनले दुई महिनाअघि काँग्रेस चितवनलाई परेको चोट अब फेरि एमालेलाई पर्ने बताए । बीपीले चाहेको संविधान अहिले आएर बनेको बताउँदै उनले अब यसको रक्षाका लागि पनि काँग्रेस आवश्यक हुने बताए ।