मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पुरुषको हत्या गरेर ट्याक्सीभित्र शव भेटियो

पुरुषको हत्या गरेर ट्याक्सीभित्र शव भेटियो


भक्तपुर– मध्यपुरथिमि नगरपालिका मनोहरा जग्गा प्लानिङमा ट्याक्सीभित्र बुधबार एक पुरुषको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । 
 
बा १ ज १०४० नम्बरको ट्याक्सीमा अन्दाजी ४० वर्षका पुरुषको शव ट्याक्सीको पछाडि सिटमा राखेको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त, थिमिका प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए । 
 
प्लानिङको बीच एकान्तमा ढुंगा तथा इँटाले टाउको र मुखमा हानेर मुख चिन्नै नसक्ने अवस्थामा हत्या गरेको पाइएको जानकारी दिँदै उनले मृतकको पहिचान हुन नसकेको जानकारी दिए । 
 
प्रहरीले घटनास्थललाई घेराबन्दीमा राखेर अनुसन्धान शुरु गरेको छ । भक्तपुर प्रहरी, अपराध अनुसन्धान महाशाखाको विशेष टोलीसहितले अनुसन्धान शुरु गरी घटनामा संलग्नको खोजी एवं मृतकको पहिचान गर्ने पहल भइरहेको छ ।  रासस