मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवन क्षेत्र नं १ मा काँग्रेसको घरदैलो सुरू

चितवन क्षेत्र नं १ मा काँग्रेसको घरदैलो सुरू


चितवन– नेपाली काँग्रेस चितवन क्षेत्र नं १ ले आसन्न निर्वाचनका लागि घरदैलो अभियान सुरू गरेको छ ।
 
रत्ननगर नगरपालिकाको वडा नं १ बाट सुरू भएको मतदाता भेटघाट तथा चुनाव अभियानमा चितवन क्षेत्र नं १ का प्रतिनिधिसभा उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटी र प्रदेशसभा क्षेत्र नं १ (ख)का उम्मेदवार उत्तम आचार्यसहित कांग्रेसका नेता, कार्यकर्ता एवम् शुभेच्छुकहरुले समावेशी विकास र लोकतान्त्रिक राज्य व्यवस्थाका लागि कांग्रेसका उम्मेदवारलाई मतदान गर्न अनुरोध गरे । 
 
रत्ननगर १ का प्रचारप्रसार संयोजक एवम् कांग्रेस नेता त्रिलोचन रिजालको संयोजकत्वमा भएको घरदैलो कार्यक्रममा रत्ननगर १ का वडासभापति एवम् कार्यवाहक वडाध्यक्ष बाबुराम गौतम, कांग्रेस क्षेत्रीय सभापति कुमार कार्की, रत्ननगर नगरसभापति रुपनराज घिमिरे, नेविसंघ क्षेत्रीय सभापति आयूषचन्द्र श्रेष्ठ, शहीद स्मृति बहुमुखी क्याम्पसका नेविसंघ इकाइ सभापति अनुप थापालगायतको सहभागिता रहेको थियो । 
 
घरदैलोका क्रममा प्रतिनिधिसभाका उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको अभियानमा निरंकुशता हावी हुने गरी गठबन्धन भएकाले लोकतन्त्र संकटमा पर्ने ठहर गर्दै नेपाली काँग्रेसको पक्षमा मतदान गर्न अपिल गरे । उनले जनताको सार्वभौम अधिकार अमुक शक्ति निर्माणमा दुरुपयोग भए जनताले नै दुःख पाउने हुँदा सचेत हुन सबैमा अनुरोध गरे । 
 
संविधान कार्यान्वयन र जनअपेक्षा पूरा गर्ने पार्टी कांग्रेसमात्रै भएकाले लोकतन्त्रान्त्रिक राज्य व्यवस्था जनताले अनुभूति गर्नका लागि आफू र आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन मतदातासँग आग्रह गरे । 
 
यसैगरी प्रदेशसभा क्षेत्र नं १ (ख) का उम्मेदवार उत्तम आचार्यले नेपाली काँग्रेस पराजित भए लोकतान्त्रिक व्यवस्था नै संकटमा पर्ने भएकाले मतदाताले आफ्नो मतको सदुपयोग गर्न अपिल गरे । 
 
रत्ननगर–१ बिर्ताका मतदाताले कांग्रेस अब सच्चिनुपर्ने सुझाव दिँदै आफ्नो सद्भाव लोकतान्त्रिक व्यवस्था र कांग्रेसप्रति सदैव रहिरहने प्रतिबद्धता जनाए ।