मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गोविन्दराज जोशीको उम्मेदवारी खारेज

गोविन्दराज जोशीको उम्मेदवारी खारेज


१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेज भएको छ । भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएको भन्दै निर्वाचन आयोगले जोशीको उम्मेदवारी खारेजको निर्णय गरेको हो ।
 
कांग्रेसले टिकट नदिएपछि पूर्वगृहमन्त्री समेत रहेका जोशीले प्रतिनिधिसभा सदस्यका लागि तनहुँ १ मा स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर, जोशीविरुद्ध कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले उजुरी दिए ।
 
जोशीविरुद्ध परेको उजुरीका सम्बन्धमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँले आयोगबाट निर्देशन मागेको थियो । आयोगले नैतिक पतन देखिने उम्मेदवार अयोग्य हुने कानुनी व्यवस्था भएको भन्दै जोशीको उम्मेदवारी बदर गर्न निर्देशन दिएको छ ।
 
आयोगका प्रवक्ता नवराज ढकालले जोशीको उम्मेदवारी खारेज भएको पुष्टि गरे ।
 
आयोगको यो निर्णयसँगै कांग्रेस वरिष्ठ नेता समेत रहेका रामचन्द्र पौडेललाई राहत मिलेको छ । अनलाईनखबरबाट