हिमालय खबर संवाददाता
चितवन– नेपाली कांग्रेस चितवनका भातृसंस्थाहरुले एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धनको चुनावी तालमेलसँग लोकतान्त्रिक गठबन्धन डराउन नपर्ने बताएका छन् ।
आसन्न प्रतिनिधितथा प्रदेशसभा निर्वाचनको सन्दर्भमा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै कांग्रेसका शुभेच्छुक भातृसंस्थाहरुले कम्युनिष्ट व्यवस्थाको तानाशाह प्रवृत्तिको बारेमा जनतामा चेतना फैलाउन लागिपर्ने बताएका छन् ।
नेपाली कांग्रेसका पार्टी सभापति एवम् प्रतिनिधिसभा क्षेत्र नं २ (क) प्रदेशका उम्मेदवार जीतनारायण श्रेष्ठ प्रमुख अतिथि रहेको कार्यक्रममा शिक्षा राज्यमन्त्री एवम् प्रतिनिधिसभा क्षेत्र नं २ का उम्मेदवार शेषनाथ अधिकारी, पूर्वसांसद रामकृष्ण घिमिरे, नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष एवम् समानुपातिक उम्मेदवार उमा रेग्मी, पूर्व पार्टी सभापति एवम् समानुपातिक उम्मेदवार पृथ्वीमान गुरुङको सहभागिता रहेको कार्यक्रममा उनीहरुले वाम गठबन्धनबाट विचलित नहुने जनाएका हुन् ।
यस्तै नम्बर प्रदेश (ख) का उम्मेदवार प्रकाश अधिकारी, ३ नं (क)का उम्मेदवार दिनेश कोइराला, समानुपातिक उम्मेदवार शान्ति परियार, गीता गुरुङलगायत पार्टीका पदाधिकारी भातृसंघ संगठनका प्रतिनिधिको साथै शुभेच्छुक संस्थाहरुको उपस्थिति रहेको कार्यक्रम शुभेच्छक संस्थाका कार्यवाहक संयोजक ध्रुवराज पोखरेलको अध्यक्षतामा सम्पन्न भएको हो ।
तस्बिर : जीतनारायण श्रेष्ठको फेसबुक
प्रतिक्रिया