मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

इच्छाशक्ति भए देशको मुहार फेरिन्छ : दाहाल

इच्छाशक्ति भए देशको मुहार फेरिन्छ : दाहाल


 हिमालय खबर संवाददाता
नारायणगढ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थिर सरकार निर्माणका लागि आगामी निर्वाचनमा वाम गठबन्धनलाई जिताउनुपर्ने धारणा राखेका छन् । 
 
आफू प्रधानमन्त्री रहँदा दश महिने सरकारको कामकारबाहीलाई इंगित गर्दै दाहालले इच्छाशक्ति रहने हो भने देशको मुहार फेर्न सकिन्छ भन्ने अनुभव आफूले सिकेको बताए । 
 
पाँच वर्ष स्थिर सरकार बनाएर देशको विकास र समृद्धिमा रुपान्तरण गर्न वाम गठबन्धनले जित्नुपर्ने उनको धारणा थियो । 
 
आफूलाई चितवन आउँदा छुट्टै भावना पैदा हुने बताउँदै दाहालले भने– ‘बाल्यकालमा सँगै खेलेका र पढेका साथीहरुसँग फेरि भेट भएको छ । काकाकाकी र गुरूहरुसँगको पुनर्मिलनले मलाई पुराना दिनको स्मरण गराएको छ ।’ 
 
दाहाल चुनावी कार्यक्रमका लागि शनिबार बिहान चितवन आएका थिए ।