नेपाल

डोटीमा जीप दुर्घटना, तीनको मृत्यु, आठ घाइते

डोटीमा जीप दुर्घटना, तीनको मृत्यु, आठ घाइते


डोटी– डोटीको केआई सिंह गाउँपालिकाको देउरडीमा जीप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । सो घटनामा आठ जना घाइते भएका छन् । 
 
मृत्यु हुनेमा आदर्श गाउँपालिका–१ सालगाउँकी १९ वर्षीया अनिता खड्का, केआई सिंह गाउँपालिका–१ का ५५ वर्षीय गाडी चालक खेमराज ओझा र बोगटान गाउँपालिका–६ गगुडाका २५ वर्षीय रोशन ताम्राकार रहेका छन् । 
 
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा घाइते भएका आठमध्ये तीनजनाको अवस्था चिन्ताजनक रहेको छ । गम्भीर घाइतेमध्ये दुईजनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । गम्भीर घाइतेहरुमा केआई सिंह गाउँपालिका–१ का २४ वर्षीय हेमराज ओझा, आदर्श गाउँपालिका–१ की ४५ वर्षीय हाँसु खड्का, स्वही ठाउँकी १३ वर्षीया सरिता खड्का रहेका छन् । 
 
केआई सिंह गाउँपालिकाको तिखात्तरबाट दिपायलतर्फ आइरहेको से१ज २६५ नंं को बोलेरो जीप सोही गाउँपालिकाको वडा नं ३ देउरडीमा दुर्घटनामा परेको थियो । रासस