मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ

माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ


काठमाडौं, कात्तिक १४ । नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । ढुंगेललाई ललिपुरस्थित सातदोबाटोबाट मंगलबार बिहान पक्राउ गरेको स्रोतले जनाएको छ ।
 
ओखलढुंगाका उज्ज्वन कुमार श्रेष्ठको हत्याको अभियोगमा सर्वोच्चबाट सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका हुन् ।
 
२०६४ सालको संविधानसभा चुनावमा ओखलढुंगा २ बाट निर्वाचित भएका ढुंगेल सभासद रहेकै बेला दोषी ठहर भएका थिए । उनीसँगै सजाय तोकिएका पूर्वमाओवादी नेता पुष्कर गौतम अहिले जेलमै छन् ।
 
ढुंगेलको सजाय माफीका लागि तत्कालिन बाबुराम भट्टराई सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । तर, सर्बोच्चले सो सिफारिस कार्यान्वयन नगर्न भनेपछि ढुंगेल फरार भएका थिए ।