मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

१५ कार्तिकदेखि प्रचण्ड चितवनमा केन्द्रित हुने

१५ कार्तिकदेखि प्रचण्ड चितवनमा केन्द्रित हुने


चितवन- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिस्पर्धा गर्ने चितवन ३ मा अर्को हप्तादेखि आफूलाई केन्द्रित गर्ने भएका छन् । चितवन जितपुरस्थित सरस्वती माविको स्वर्ण महोत्सव कार्यक्रमको उद्घाटनका लागि सोमबार चितवन आएका उनले आफ्नो निर्वाचन कार्यक्रमलाई तीव्र पार्ने बताएका छन् ।
 
दोस्रो चरणको उम्मेदवारी दर्ताका लागि प्रचण्ड १५ कार्तिकमा चितवन आउने कार्यक्रम छ । त्यसैक्रममा उनी १८ कार्तिकमा चितवनको माडीमा हुने एउटा कार्यक्रममा सहभागी हुनेछन् । त्यसक्रममा जनयुद्धकालमा भएको माडीको बाँदरमुडे घटनाका पीडितहरुसँग भेटघाट गर्ने कार्यक्रम बनाइएको छ। २०६२ मा माडीको बाँदरमुडेमा भएको यात्रुबाहक बस विस्फोट घटनाका कारण स्थानीयस्तरमा माओवादी आलोचित छ ।
 
२०६२ मा बाँदरमुडे घटना भएयता प्रचण्ड त्यहाँ एक पटकमात्र गएका छन् । १८ गते हुने उनको माडी भ्रमण दोस्रो हुनेछ । वामपन्थी नेता दिवाकर भूषाल र उनकी श्रीमती तीर्थकुमार भूषालको स्मृतिमा माडीको बसन्तपुर बजारमा आयोजना गरिएको खुल्ला तथा भेट्रान भलिवल प्रतियोगिताको उद्घाटनसँगै उनले स्थानीयवासीहरुसँग भेटघाट गर्नेछन्् ।
 
सो प्रतियोगिता वापमन्थी नेता दिवाकर भूषाल र उनकी श्रीमती तीर्थकुमारी भूषालको स्मृतिमा आयोजना हुन लागेको हो। उम्मेदवारी दर्ताका लागि १५ गते आएपछि १९ गतेमात्र फर्कने कार्यक्रम छ’ प्रचण्डका नातेदारसमेत रहेका माओवादी कार्यकर्ता हिमराज पौडेलले भने,‘अब उनका निर्वाचनसँग सम्बन्धित गतिविधिहरु सुरु हुनेछन्। उनको कार्यक्रमको बन्दोबस्त एमाले र माओवादी केन्द्रका तर्फबाट संयुक्तरुपमा हुने स्रोतले बताएको छ ।’