मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

त्रिशूलीमा बस खस्दा ३१ को मृत्यु, दुई जना बेपत्ता, १६ घाइते

त्रिशूलीमा बस खस्दा ३१ को मृत्यु, दुई जना बेपत्ता, १६ घाइते


हिमालय खबर संवाददाता–
धादिङ– धादिङको गजुरी गाउँपालिका–५ बाङ्गेमोडस्थित पृथ्वीराजमार्गबाट शनिबार बिहान त्रिशूली नदीमा बस खस्दा ३१ जनाको मृत्यु भएको छ । 
 
सप्तरीको राजविराजबाट काठमाडौंका लागि छुटेको ना ६ ख १४६७ नम्बरको बस शनिबार बिहान ६ बजे त्रिशूली नदीमा खस्दा महिला ९ जना, पुरुष ११ जना, बालक ६ जना र बालिका ५ जनाको ज्यान गएको हो । 
 
मृत्युहुने मध्ये २४ जनाको मात्र सनाखत भएको छ । घाइतेका अनुसार राजविराजबाट ना ६ ख १४६६ नम्बरको बसमा आएका  यात्रु हेटाँैडामा आएपछि सो बसको पट्टा भाँचिएका कारण अर्को बस परिवर्तन गरिएको थियो । दुर्घटनामा परेका मध्ये अधिकांश छठ पर्व मनाएर फर्किएकाहरु रहेको बताइएको छ ।
 
दुर्घटनाको खबर पाउना साथ गजुरीका प्रहरी निरीक्षक बरुण सिंह सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय उद्धारकर्मीलगायतको टोली उद्धार कार्यमा खटिएको थियो । ‘दुर्घटनास्थलमा पुग्दा घाइतेहरु गुहार मागिरहेका थिए । यात्रुहरु यत्रतत्र छरिएको अवस्था थियो । हाम्रो टोलीले तत्काल उद्धार कार्य सुरु ग¥यौं ।’ हामी पुग्दा कोही आफै पौडिएर नदीबाहिर निस्कने प्रयास गरिरहेका थिए ।
 
दुर्घटनामा ज्यान गुमाउनेहरुमा सप्तरी जिल्ला तिलाठी–३ निबासी ३५ वर्षिया सिमीकुमारी झा, सिराहा नगरपालिका–८ गोलबजारका ५० वर्षीय रामकुमार यादव, सप्तरी जिल्ला देउरीमरुवा नगरपालिका–१५ का सहचालक १८ वर्षीय नरेश मुखिया, सप्तरी जिल्ला बोधेवरसाई नगरपालिका–३ का १५ वर्षीय चन्दरेखा प्रमाणी, सप्तरी जिल्ला राजविराज नपा १६ का ७४ वर्षीय चन्द्रवती झा रहेका छन् ।
 
त्यस्तै सप्तरी जिल्ला तिलाठी गाउँपालिका–१ का ३३ वर्षीय मन्जितकुमार झा, सप्तरी जिल्ला नेरेयाका २५ वर्षीया पार्वती चौधरी, सप्तरी जिल्ला बोधेवरसाई नगरपालिका–२ का ६ वर्षीय आदित्य यादव, सप्तरी जिल्ला तिलाठी–३ का ३८ वर्षीय सन्जितकुमार झा, सप्तरी जिल्ला नेरेयाका ३ वर्षीया सुशान चौधरी, सप्तरी जिल्ला नेरेया गाउँपालिका–३ का २४ वर्षीय रमानन्द यादव र भारतको मधुवनी जिल्ला बिहार निवासी २९ वर्षीया ममतादेवी ठाकुर रहेको प्रहरीले जानकारी दिएको छ ।
 
सिरहा जिल्ला नरहा गाउँपालिका–१ निवासी ३० वर्षीय उदय मण्डल, सप्तरी बोधबसाई नगरपालिका–२ निवासी १३ वर्षीया समीक्षाकुमारी यादव, सप्तरी जिल्ला महदेवा गाउँपालिका–९ निवासी प्रमोद इशार, सप्तरी जिल्ला कृष्णसोवरन गाउँपालिका–४ का ५ वर्षीय समीक्षा यादव, सिराहा जिल्ला लाहान नगरपालिका–१ का ३७ वर्षीय प्रभा चौधरी, सप्तरी जिल्ला राजविराज नगरपालिका–१३ का विकास निर्माण कार्यदल गण– २ प्रासु ३० वर्षीय ऋषिखा नन्द, सप्तरी जिल्ला राजविराज नगरपालिका–१४ का २० वर्षीय आदित्य झा रहेका छन् ।
 
यसैगरी सप्तरी जिल्ला शम्भुनाथ नगरपालिका–२ का ५ वर्षीय संगीत चौधरी, सप्तरी जिल्ला बोधवसाई नगरपालिका–२ का २५ वर्षीया आशिका कुमारी यादव, सप्तरी जिल्ला बोधवसाई नगरपालिका–२ का ११ महिने बालिका मानवी यादव, सप्तरी जिल्ला बसेज नगरपालिका–७ का ३० वर्षीय सुरेन्द्र चौधरी, सप्तरी जिल्ला कृष्णसहवगोया गाउँपालिका–४ का २८ वर्षीय सुधीरा यादव रहेको धादिङका प्रहरी उपरीक्षक धुव्रराज राउतले जानकारी दिए ।