मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ट्रिपरको ठक्करबाट दुई जनाको मृत्यु

ट्रिपरको ठक्करबाट दुई जनाको मृत्यु


धादिङ – त्रिभुवन राजपथअन्तर्गत नागढुङ्गा–नौबिसे सडकखण्डको टायलघरमा शुक्रबार बिहान ८ः३० बजे भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । 
 
काठमाडौँबाट गजुरीतर्फ आउँदै गरेको बा ८२ प ७७९७ नम्बरको मोटरसाइकललाई धादिङको गजुरीबाट बालुवा लिएर काठमाडौँ जाँदै गरेको बा २ ख ७१८२ नम्बरको ट्रिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको ज्यान गएको हो ।
 
दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा काठमाडौँ त्रिपुरेश्वर निवासी वर्ष २३ का सलिन तुलाधर र काठमाडौँ बबरमहल निवासी २२ वर्र्षीय रामेश्वर सिलवाल रहेको इलाका प्रहरी कार्यालय खानीखोला धादिङले जनाएको छ । 
 
ट्रिपर चालक र ट्रिपरलाई इलाका प्रहरी कार्यालय खानीखोलाले नियन्त्रणमा लिएको छ भने शव पोष्टमार्टमका लागि काठमाडौँ शिक्षण अस्पताल, महाराजगन्ज पठाइएको प्रहरीले जनाएको छ ।