मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनमा पूर्वराजा ज्ञानेन्द्रको जयगान

चितवनमा पूर्वराजा ज्ञानेन्द्रको जयगान


हिमालय खबर संवाददाता–
चितवन– पूर्वराजा ज्ञानेन्द्र शाहले गत कात्तिक ४ गते भाइटीकाको दिन दिएको अभिव्यक्तिको समर्थन गर्दै बुधबार चितवनमा ¥यालीसहित जयगान गाइएको छ । 
 
राष्ट्रिय नागरिक संघर्ष समिति चितवनले भरतपुरको चौबीसकोठीदेखि नारायणगढको पुलचोकसम्म पञ्चेबाजासहित नारा लगाउँदै ¥याली निकालेको थियो । 
 
¥यालीमा ‘राजा आऊ, देश बचाऊ’, ‘भ्रष्टाचारीलाई कारबाही गर’, ‘हिन्दूराष्ट्र कायम गर’, ‘धर्म निरपेक्षता खारेज गर’, ‘अवैध संविधान–०७२ खारेज गर’, ‘संघीयता खारेज गर’जस्ता प्ले कार्डसहित नाराबाजी गरेका थिए । 
 
भाइटीकाको दिनमा पूर्वराजा ज्ञानेन्द्र शाहले ‘जनताले चाहेको खण्डमा म राज्यसत्ता सम्हाल्न सक्छु’ भन्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिको संघर्ष समितिले समर्थन जनाउँदै कार्यक्रम आयोजना गरेको हो । 
 
समितिका अध्यक्ष चिजकुमार श्रेष्ठले नेपालमा पुनः राजसत्ता नै आवश्यक हुँदै गएकोले पूर्वराजाको भनाइलाई समर्थन गरेर कार्यक्रम आयोजना गरिएको जानकारी दिए । ‘कुनै पनि दलका नेताले जनताले चाहेजस्तो काम गर्न नसकेको भन्दै उनले फेरि राजा आएमात्रै देश समृद्ध बन्ने विश्वास व्यक्त गरे । 
 
गणतन्त्रले देश नरहने भएकोले जनताले राजाको आवश्यकता महसुस गरिसकेको गणतन्त्र खारेज अभियान नेपालका संयोजक मानव सेवकले बताए । नेपालमा गणतन्त्र खारेज हुनुपर्नेमा उनले जोड दिए । ‘गणतन्त्रले देश रहँदैन भन्ने हाम्रो ठम्याई हो,’ उनले थपे, ‘किनकि यो सिक्किमीकरण हो ।’ 
 
नारायणगढको पुलचोकमा भएको सभामा नेविसंघका संस्थापक संयोजक तथा नेपाली कांग्रेसका नेता देवेन्द्र नेपालीले सम्बोधन गरेका थिए ।