मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

धादिङमा मन्त्रीदेखि पूर्वमन्त्री चुनावी मैदानमा

धादिङमा मन्त्रीदेखि पूर्वमन्त्री चुनावी मैदानमा


धादिङ – संघीय ढाँचाअनुसार मंसिर १० गते हुन गइरहेको निर्वाचनमा धादिङका पुराना नेतादेखि युवा पुस्ताले उम्मेदवारी दर्ता गराएका छन् ।
 
प्रतिनिधिसभा १ मा एमाले धादिङका अध्यक्ष भूमिप्रसाद त्रिपाठी र प्रदेशसभा ख मा माओवादी केन्द्रका धादिङका अध्यक्ष शालिकराम जमरकट्टेलले उम्मेदवारी दिएका छन् ।
 
यसैगरी प्रतिनिधिसभा २ मा एमालेका वैकल्पिक केन्द्रीय सदस्य तथा जिविस पूर्वसभापति खेमप्रसाद लोहनी, प्रदेशसभा २ क मा डा. रामकुमार अधिकारी र प्रदेशसभा २ ख मा माओवादी केन्द्रका जगत सिंखडाले उम्मदवारी दर्ता गराएका हुन् । 
 
एमाले र माओवादी केन्द्रबीच कात्तिक १७ गते भएको सहमतिअनुसार सिट बाँडफाँड गरेर उम्मेदवारी दर्ता गराएको एमाले जिल्ला सचिव शिवराज कँडेलले बताए । ०३२ सालदेखि राजनीतिमा सक्रिय भई ०४३ सालदेखि चुनावमा होमिँदै आएका नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आठौँपटक उम्मेदवारी दर्ता गराएका छन् । 
 
यसपटक पाण्डेले प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका हुन् । पाण्डेले प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा क मा उम्मेदवारी दिएका हुन् । ०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्य पदमा उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका पाण्डे ०४५ सालमा जिल्ला पञ्चायतको सभापति, ०४८, ०५१, ०५६, ०६४ र ०७० मा धादिङ क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार भएकोमा ०६४ मा बाहेक अरु बेला विजयी भएका थिए । आठौँपटक पाण्डे प्रदेशसभाको सदस्यमा उम्मेदवार भएका हुन् । 
 
यसैगरी लोकतान्त्रिक गठबन्धनले पनि उम्मेदवारी दर्ता गराएको छ । प्रतिनिधिसभा १ मा नेपाली कांग्रेसका महासमिति सदस्य विश्वप्रकाश अर्याल, प्रतिनिधिसभा १ प्रदेशसभा क मा नेपाली कांग्रेसका महासमिति सदस्य मधु श्रेष्ठ र प्रदेशसभा ख मा नेपाली कांग्रेसमा गत वैशाखमा माओवादी केन्द्र परित्याग गरी कांग्रेस प्रवेश गरेका प्रभातकिरण सुवेदीले उम्मेदवारी दर्ता गराएका छन् । 
 
यसैगरी प्रतिनिधिसभा २ मा नेपाली कांग्रेस महासमिति सदस्य एवं कानुन न्याय तथा राज्य व्यवस्था राज्यमन्त्री दिलमान पाख्रिन, प्रतिनिधिसभा २ प्रदेशसभा क नेपाली कांग्रेस धादिङका सभापति रमेश धमाला र प्रदेशसभा ख मा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री बुद्धिमान तामाङका सहोदर भाइ राष्ट्रिय प्रजातन्त्र पार्टीका धादिङ सदस्य डम्बर तामाङले उम्मेदवारी दर्ता गराएका छन् । 
 
यसैगरी प्रतिनिधिसभा १ मा नयाँ शक्ति नेपालका राजु नेपाल, प्रतिनिधिसभा १ प्रदेशसभा क मा आरके ढुंगाना र प्रदेशसभा ख मा सन्तोष बराकोटीले उम्मेदवारी दिएका छन् । यसैगरी प्रतिनिधिसभा २ मा डा. राजेन्द्र केसी, प्रतिनिधिसभा २ प्रदेशसभा क मा नन्दप्रसाद काप्री र प्रदेशसभा ख मा विष्णुप्रसाद सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् । 
 
यसैगरी नेकपा मालेले प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा दीपक मगरलाई उम्मेदवार बनाएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरु संयुक्त ¥यालीसहित संयुक्त उम्मेदवारी दर्ता गराएका थिए भने नेपाली काँग्रेस र राप्रपाका कार्यकर्ताहरुले पनि संयुक्त ¥याली निकालेर बजार परिक्रमा गरी निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।