मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्तिको स्वागतमा ¥याली गरिने

पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्तिको स्वागतमा ¥याली गरिने


चितवन– पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लोपटक अर्थात् कात्तिक ४ गते नेपालीहरुको महान् चाड भाइटीकाको दिन राष्ट्र र राष्ट्रियताका बारेमा दिएको अभिव्यक्तिको राप्रपा चितवनले स्वागत गरेको छ । 
 
नेपाल र नेपालीको हितका निम्ति पूर्वराजाको उक्त अभिव्यक्तिको स्वागत र समर्थनका लागि राष्ट्रिय नागरिक संघर्ष समिति चितवनले विशाल ¥याली गर्ने भएको छ । 
 
राष्ट्रिय नागरिक संघर्ष समितिका संयोजक चिजकुमार श्रेष्ठको अध्यक्षता बसेको बैठकको निर्णयअनुसार ¥याली व्यवस्थापन समितिको संयोजकमा जीवलाल पुरी, आर्थिक समिति संयोजकमा बलविक्रम थापा र प्रचारप्रसार समिति संयोजकमा रामचन्द्र पियालाई जिम्मेवारी तोकिएको छ । 
 
कार्यक्रम कात्तिक ८ गते बुधबार भरतपुरको चौबिसकोठीमा बिहान ११ बजे बाजागाजा तथा भजनकीर्तनसहित सुरू हुनेछ ।
 
चौबिसकोठीबाट सुरू भएको ¥याली पुल्चोक नारायणगढ पुगेर कोणसभामा परिणत हुने व्यवस्थापन समितिका संयोजक जीवलाल पुरीले जानकारी दिए । उक्त सभामा राष्ट्रियताका अभियन्ता देवेन्द्र नेपालीलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको पुरीले बताए ।
 
 
यसैबीच, राष्ट्रिय धर्मसभाका केन्द्रीय सचिव रामचन्द्र पियाको प्रमुख आतिथ्य एवम् राष्ट्रिय धर्मसभा चितवनकी जिल्ला अध्यक्ष मुना गुरुङको विशिष्ट आतिथ्यमा सामूहिक गौ पूजन सम्पन्न भएको छ । 
 
शुभदीपावली अर्थात् तिहारको औंशीको प्रतिपदा तिथिमा पर्ने गोवर्धन प्रजाको महत्व तथा हिन्दु नेपालीको गौरवमय संस्कृतिबारे राप्रपा चितवनका वरिष्ठ उपाध्यक्ष जीवलाल पुरीले प्रकाश पारेका थिए । 
 
उनले पछिल्लो समय हाम्रो गौरवमय संस्कार र संस्कृतिप्रति आजका पुस्ता बेखबर तथा विचलित हुँदै आएको बताउँदै यस्ता कार्यक्रमले संस्कृति हस्तान्तरण गर्न मद्दत पुग्ने उल्लेख गरे । राज्यले मानव हितको लागि सर्वगुणसम्पन्न गाईलगायत कृषिमा अनुदान र प्रविधिको सहयोग गर्न उनले अपिल गरे ।
 
कार्यक्रममा प्रमुख अथिति रामचन्द्र पिया, मुना गुरुङलगायतले सम्बोधन गरेका थिए । कार्यक्रम राप्रपा चितवनका अध्यक्ष दिलीप पाण्डेको सभापतित्वमा सम्पन्न भएको थियो ।