लक्ष्मीपूजा हिन्दू धर्म संस्कृतिको एउटा अभिन्न पक्ष हो । विशेषगरि धनकी देवी भनेर चिनिने लक्ष्मीलाइ यो दिन हिन्दूहरूले विशेष रूपमा पूजा अर्चना गर्ने चलन रहि अाएको छ ।
देवी लक्ष्मीले 'धन सम्पत्ति, एेश सुख दिनुहुन्छ' भन्ने जनविश्वास रहिअाएको छ । त्यसो हुँदा दिनभरि निराहार बसेर साँझ झिलिमिली बत्ति बालेर लक्ष्मीको विशेष रूपमा पूजा गर्ने हाम्रो धर्म संस्कृति हो ।
यो दिन अाफूसँग जे छ, नगद सुनचाँदी, हिरा जवाहरत लगायतका गहना लगायतका सम्पत्तिलाइ विशेष रूपमा पूजा गर्ने चलन छ । यसका अलावा अाफ्नो व्यबसाय, कारोवारस्थलमा पनि धनधान्यकी देवी लक्ष्मीलाइ विशेष रूपमा पूजा गरिन्छ ।
यस वर्षको लक्ष्मीपूजा कुन दिन गर्ने भनेर प्रवास (विशेषगरि अमेरिका र क्यानडा) मा दुविधा परेको देखिन्छ । धेरै संख्यामा नेपाली समुदायका सदस्यहरूले मलाइ पनि फोन गरेर यो विषयमा जिज्ञासा राखिरहनुभएको छ ।
संभव छ र सक्ने हो भने लक्ष्मीको पूजा दैनिकनै गर्दा हुन्छ । लक्ष्मीको पूजा दैनिक रूपमा गर्दा कुनै हानी नोक्सानी हुने होइन । तर तिहारको लक्ष्मीपूजा भने अलि फरक प्रकृतिको भएको हुँदा त्यही अनुसार गर्नुपर्छ र गरिँदै अाएको हो ।
तिहारको लक्ष्मीपूजा कार्तिक कृष्णअाैँसीका रातमा गर्ने चलन हो । साँझ सूर्यास्तदेखि राति १२ बजेसम्मनै लक्ष्मीपूजा गर्दा हुन्छ । अाैँसीको रातमा लक्ष्मीपूजा गरिने चलनले गर्दा बुधबार रातिनै अमेरिका र क्यानडा लगायत उत्तर अमेरिकामा लक्ष्मीपूजा गर्नुपर्ने अवस्था अाएको छ ।
नेपालमा बिहीबार रातिनै लक्ष्मीपूजा भएपनि अमेरिकाको सन्दर्भमा फरक अक्षांश र देशान्तरमा यो देश रहेको छ । अमेरिकामा अाज बुधबार दिउँसो १ बजेर ४३ मिनेटपछिनै चतुर्दशी तिथी समाप्त भएर अाैँसी सुरू हुन्छ । अाज १ः४३ मा सुरू हुने अाैँसी विहीबार अर्थात भोली दिउँसो २ बजेर ११ मिनेट जाँदा सकिन्छ ।
त्यसो हुँदा भोली विहीबार साँझ लक्ष्मीपूजा गर्दा अाैँसीको रात होइन प्रतिपदाको रात भैसकेको हुनेछ । परम्परा अनुसार अाैँसीको रात गर्नुपर्ने लक्ष्मीपूजाका लागि बुधबार अर्थात अाज रातिनै गर्नुपर्ने हुन्छ । किनकी भोली बिहीबार त दिउँसो २ः११ देखिनै प्रतिपदा सुरू भैसक्छ ।
फेरि जिज्ञासा उत्पन्न हुनसक्छ-'उसो भए नेपालमा चाही के हुन्छ त ?' नेपालमा भने विहीबार राति १२ बजेर ५७ मिनेटदेखि अाैँसी सुरू भएर शुक्रबार राति १२ बजेर ३६ मिनेटसम्म कायम रहनेछ । त्यसो हुँदा नेपालमा पनि बिहीबार मध्यरातपछि प्रतिपदा सुरू भैसकेको हुनेछ ।
नेपालभन्दा विपरित पश्चिमी गोलार्धमा अमेरिका छ । त्यसो हुँदा समयको हिसाबमा नेपालभन्दा १० देखि १२/१३ घण्टा पछि रहेपनि तिथी हिसाब गरिने घडा-पलाका अाधारमा यस पटक नेपालभन्दा १०/१२ घण्टा पहिलेनै लक्ष्मीपूजा गर्नुपर्ने परिस्थिति सिर्जना भएको हो ।
हाम्रो उदेश्य परम्परागत रितिस्थिती, पर्वका विषयमा विवाद ल्याउने भन्दा पनि हामीले मान्दै अाएको संस्कार अनुसार पर्व मान्ने क्रममा यसो हुन गएको मात्र हो । किनकी साउने संक्रान्ति, माघे संक्रान्ति लगायत पर्व बाहेक अन्य सबै पर्वहरू तिथीबाटै निर्देशित छन् । चाहे दशैँ या तिहार, बुध्द जयन्ति हुन् या फागू पूर्णिमा, छठ हुन या जनै पूर्णिमा । यी सबै तिथी अनुसारनै चलिअाएका छन् ।
अन्तिममा फेरि पनि विनम्र अनुरोध छ-लक्ष्मीपूजा सधैँभरि (३६५ दिननै) गर्न मिल्छ । तर तिहारको लक्ष्मीपूजा भने अाैँसीको रातमा गर्ने चलन रहिअाएको हुँदा बुधबारको रातनै गर्नु सर्वोत्तम हो ।
दक्षिण दिशा बाहेक अरू दिशा फर्केर लक्ष्मीपूजा गर्नु राम्रो हुनेछ । साँझ सूर्यास्तपछि राति १२ बजे अघिसम्म गर्नु उपयुक्त हुनेछ ।
पुनश्चः भाइटिका भने दितीयाको दिन गर्ने चलन भएकोले शनिबारनै गर्नु उचित हुनेछ ।
(पशुपतिनाथ तथा बुध्द (नेपाली) मन्दिर, ड्यालसका मुल पूजारी पण्डितसँग रामचन्द्र भट्टले गरेको वार्तामा अाधारित ।)
प्रतिक्रिया