मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कतारमा एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु

कतारमा एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु


सप्तरी– वैदेशिक रोजगारीको लागि सप्तरीबाट कतार गएका एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । 
 
मृत्यु हुनेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ बस्ने २७ वर्षीय विमलेश मण्डल रहेको स्थानीय शैलेन्द्र सिंहले जानकारी दिए । मण्डल छ महिना अगाडि रोजगारीको लागि कतार गएका थिए । 
 
उनको मंगलबार राति अज्ञात सवारी साधनले ठक्कर दिँदा मृत्यु भएको र गाडीको नम्बर खुल्न नसकेको बताइएको छ । 
 
सप्तरीकै किसुन मण्डलको सहयोगमा अलि ओभरसिज इटहरीमार्फत २०७३ चैत महिनामा उनी कतार गएका थिए । उनको शव नेपाल ल्याइदिनको लागि सम्बन्धित निकाय र नेपाल सरकारलाई परिवारले आग्रह गरेका छन् । रासस