–हिमालयखबर संवाददाता
चाडपर्वको मौका छोपेर मेची राजमार्गमा सञ्चालन हुने यातायातका साधनले यात्रुबाट बढी भाडा असुलेका छन् । तोकिएको भाडादर भन्दा झण्डै तेब्बर बढीसम्म रकम लिएको यात्रुहरुले गुनासो गरेका छन् ।
झापाको बिर्तामोडबाट पाँचथर सदरमुकाम फिदिमसम्मको जिपमा ५ सय रुपैयाँ भाडा निर्धारण भए पनि सवारी चालकले भने तेब्बर बढी १ हजार ५ सय रुपैयाँसम्म भाडा लिएका हुन् ।
तोकिएको भन्दा बढी रकम चालकहरुले यात्रुबाट लिएको गुनासो आएपछि अनुगमलाई तीव्रता दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
तोकिएभन्दा बढी रकम लिएको गुनासो आएकामा चालकबाट रकम फिर्तासमेत गराइएको दाबी कार्यालय प्रमुख प्रेमकुमार शाहको छ ।
चाडपर्वको मौका छोपेर बढी भाडा लिने तथा यात्रु नचढाउने, यात्रुलाई दुव्र्यवहार गर्नेजस्ता क्रियाकलाप गरे यात्रु सहायता कक्षमा आएर गुनासो गर्न सकिने उनले बताए । पाँचथरको ग्रामीण भेगमा सञ्चालन हुने सवारी साधनले समेत तोकिएभन्दा बढी भाडा लिएको पाइएको छ ।
प्रतिक्रिया