मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

‘रअको एजेन्ट’ भन्दै अपहरणको धम्की दिने चार पक्राउ

‘रअको एजेन्ट’ भन्दै अपहरणको धम्की दिने चार पक्राउ


चितवन । भारतीय गुप्तचर संस्था (रिसर्च एण्ड एनलाइसिस विङग) ‘रअ’को प्रतिनिधि भन्दै अपहरणको धम्की दिएको आरोपमा चार जनालाई चितवन प्रहरीले गिरफ्तार गरेको छ ।
 
चितवनका उद्योगी व्यवसायीहरुसँग ठूलो धनराशी माग गरेको र एक उद्योगका मालिकलाई ज्यान लिनेसम्मको धम्की दिई ५० लाख रूपैयाँ माग गरेको प्रहरीले जनाएको छ । प्रहरीले सुरक्षा र गोपनियताको कारण देखाउँदै पीडितको जानकारी गराएको छैन । 
 
पक्राउ पर्नेमा मुख्य अभियुक्त धादिङ ज्वालामुखी गाउँपालिका–२ बस्ने ३० वर्षका ईश्वरी बस्नेत, सोही ठाउँका २३ वर्षका रोशन बस्नेत, २२ वर्षका मनोज श्रेष्ठ र ज्वालामुखी गाउँपालिका–१ का वर्ष २४ का रामकृष्ण श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी दिए । उनीहरुलाई गत सोमबार ९ गते काठमाडौंको नयाँ बसपार्क स्थित सिस्नेरी गेष्ट हाउस मित्रनगरमा बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी प्रमुख थापाले बताए । 
 
जिल्ला अदालत चितवनबाट बुधबार म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अपहरण तथा शरीर बन्धक उद्योग र अपराधिक लाभ लिन खोजेको (संगठित अपराध निवारण ऐन २०७०) बमोजिम उनीहरुलाई मुद्दा चलाइने एसपी थापाले जानकारी दिए । 
 
आरोपितहरुले साउन ६ गतेबाट तीन वटा सिम प्रयोग गरी उद्योगी व्यवसायीलाई फोन तथा एसएमएसमार्फत् श्रीमती छोराछोरीलाई समेत अपहरण गर्ने, मार्ने धम्की दिँदै आएको प्रहरीले जनाएको छ  ।
 
मुख्य अभियुक्त ईश्वर बस्नेत २०६८ सालमा सशस्त्र प्रहरी बलको सानो गौचरण काठमाडौंमा प्रहरी जवान पदमा भर्ना भई करिब चार वर्षपछि भगौडा भई जागिर छोडेका व्यक्ति हुन् । उनले गाउँमै सडकको ठेक्कापट्टाको काम गर्दै आएका थिए । मनोज श्रेष्ठ ग्लोबल कलेज काठमाडौंमा बीबीए तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन् भने मनोज श्रेष्ठ पब्लिक युथ कलेज काठमाडौंमा बीबीए प्रथम वर्ष पढी एक वर्षदेखि कलेज छाडेका व्यक्ति हुन् । रोशन बस्नेत भने साउदीबाट गत असार अन्तिममा नेपाल आएका थिए । उनी गाडीका सहचालक हुन् । 
 
मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाको क्षेत्रीय अनुसन्धान टोली, महानगरीय अपराध महाशाखा र जिप्रका चितवनको विशेष टोलीले प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग र केन्द्रीय अनुसन्धान व्यूरोको सहयोगमा उनीहरुलाई गिरफ्तार गरिएको प्रहरी प्रमुख थापाले बताए । 
 
योजना कसरी बन्यो ?
 
ईश्वर बस्नेतको दाजु पूर्वमाओवादी लडाकू शक्तिखोरमा बस्ने गरेको र १० वर्ष अगाडि दाजु भेट्न उक्त ठाँउमा आउने गरेको हुँदा उक्त स्थानबारे जाने बुझेकोे १५ दिन अगाडि ईश्वर बस्नेत र रामकृष्ण श्रेष्ठ दिउँसो आई फ्याक्ट्रीअगाडि स्थानीयसँग उक्त फ्याक्ट्री र फ्याक्ट्रीको मालिकको बारेमा जानकारी लिई सोही दिन काठमाडौं फर्केका हुन् । फोन नम्बर र विवरण लिन काम खोज्दै गरेको बहाना बनाइ छेउ छाउमा बुझ्दा व्यक्तिगत विवरणसमेत प्राप्त गरेको तथा त्यही बस्दा क्रस गरेकोले फ्याक्ट्री धनीको गाडी नम्बरसमेत टिपेर लगेका थिए । 
 
धादिङ पुगेर मनोज श्रेष्ठ र रोशन बस्नेतसँग धनी मान्छे खोजौं भनी व्यापारी उद्योगपति खोजी फोन गरेर फिरौती माग्ने योजना सुनाइ सोही अनुसार साउन ४ गते रामकृष्ण श्रेष्ठ र ईश्वर बस्नेत सौराहा पुगेर पीडितको बारेमा पुनः बुझ्न सुरू गरेका थिए । 
 
६ गतेबाट पीडितलाई फोन गरेर पैसा माग गरेको सोही क्रममा पटक पटक फोन गर्ने तथा एसएमएस पठाएर धम्काउने र ज्यान मार्ने धम्की र छोरा छोरी पढ्न स्कुलसमेतको जानकारी लिई अपहरण गर्ने धम्कीसमेत दिएका थिए । मनोज र रोशन ७ गते राती सौरहाचोकको साथीहरु बस्ने होटलमा बसि ९ गते काठमाडौं फर्पिङको बाटो हुँदै मोटरसाइकलमा गएका थिए । ईश्वरले अब हेटौंडा नबसौं काठमाडौं जाऊ भने पछि काठमाडौं गएका हुन् ।