मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

श्रीमान् श्रीमतीलाई सर्वस्वसहित जन्मकैद

श्रीमान् श्रीमतीलाई सर्वस्वसहित जन्मकैद


चितवन । हत्या घटनाका आरोपित श्रीमान् श्रीमतीलाई चितवन अदालतको बुधबारको फैसलाले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ । 
 
न्यायाधीश सुवासबाबु पुरीको इजलासले उक्त फैसला गरेको हो । गत पुस १९ गते माडी नगरपालिका–१२ बस्ने वर्ष ३० को सानु भन्ने राजु रुम्बा र उनको श्रीमती वर्ष ३२ की इन्द्रमाया चेपाङले बिहानको समयमा स्थानीय ३६ वर्षको रामलाल रुम्बाको उनकै घरमा हत्या गरी नजिकैको पानीघट्टमा मकै पिस्न जाने बाटोनजिक लाश फालेको भन्दै प्रहरीमा जोहरी परेको थियो । 
 
यस घटनाका आरोपितलाई सर्वस्वसहित जन्मकैदको साथै थप ६ महिना कैद सजाय फैसला भएको अदालतका सूचना अधिकारी केशव पौडेलले जानकारी दिए । 
व्यीक्रगत रिसइबीको कारण धारिलो हतियार प्रयोग गरी हत्या गरेको भन्दै मृतकका दाजु माडी–१२ बस्ने वर्ष ४२ का सीताराम रुम्बाले पुस २० गते जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका थिए । प्रहरीले आरोपित दुवै जनालाई पुस २० गते नै गिरफ्तार गरेको थियो ।