मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माडीमा दुई बालिका मृत्यु प्रकरणमा तीनजना थुनामा

माडीमा दुई बालिका मृत्यु प्रकरणमा तीनजना थुनामा


चितवन । माडी नगरपालिका–६ रामराज्यपुरमा जेठ २० गते शनिबार भएको दुई बालिका मृत्यु प्रकरणमा चितवन जिल्ला अदालतले तीन जनालाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ ।
 
न्यायाधीश सुवासबाबु पुरीको इजलासले गरेको आदेशअनुसार यस घटनाका आरोपित ५ जनामध्ये तीन जनालाई पूर्पक्षका लागि थुनामा पठाइएको छ । घटनामा संलग्नको आरोप लागेका दुई बालकलाई अभिभावकको जिम्मामा छाडिएको छ ।
 
उनीविरुद्ध चितवन प्रहरीमा जेठ २४ गते किटानी जाहेरी परेको थियो । परिवारले दिएको किटानी जाहेरीमा आरोपित भनिएकाहरु स्थानीय युवा वर्ष १८ का असल भट्टराई, वर्ष १७ का गौरव भट्टराई र वर्ष १७ कै सरोज भट्टराईलाई थुनामा राखी अनुसन्धान गर्ने गरी आदेश भएको अदालतका सूचना अधिकारी केशव पौडेलले जानकारी दिए ।
 
सोही स्थान बस्ने वर्ष १२ र १३ का दुई बालकलाई अभिभावकको जिम्मामा छाडिएको सूचना अधिकारी पौडेलले बताए । किटानी जाहेरी परेपछि परिवारले घटना भएको पाँच दिनपछि शव उठाउनका लागि तयार भएको थियो ।
 
माडी नगरपालिका वडा नम्बर – ६ रामराज्यपुर स्थित मजुवा सिँचाइ पोखरीमा २० गते शनिबारका दिन बिहान १० बजेको समयमा पिकनिक खान भनी घरबाट गएका बालबालिकाहरु वर्ष १० की दिपिका सुनार र वर्ष ११ की दिपशीला परियारको मृत्यु भएको थियो ।
 
घटनास्थल अवलोकनपछि स्थानीय र अधिकारकर्मीले बालिकाको बलत्कारपछि हत्या गरी पोखरीमा फालेको दाबी गरेका छन् । योनीबाट रगत आएको, शरीरका अन्य भागमा पनि रगत लागेको र आँखाको माथिल्लो भागमा चोटपटक देखिएकाले बालिकाहरुको बलात्कारपछि हत्या गरेर फालेको हुन सक्ने स्थानीय, अधिकारकर्मीहरुको भनाइ रहेको छ ।