मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जनकपुरका सबै सार्वजनिक यातायात अनिश्चितकालका लागि बन्द

जनकपुरका सबै सार्वजनिक यातायात अनिश्चितकालका लागि बन्द


हेन्द्रनगर (धनुषा) । जनकपुर अञ्चल बस व्यवसायी सङ्घको आह्वानमा अनिश्चितकालका लागि सार्वजनिक बस सेवा बन्द भएको छ । बन्दका कारण जनकपुरबाट सञ्चालन हुने छोटो तथा लामो दूरीका सबै सार्वजनिक बस सेवा ठप्प भएको छ । 
 
दुर्घटनामा घाइते भएकालाई क्षतिपूर्ति दिने विषयमा विवाद हुँदा प्रहरीले एक बस व्यवसायीलाई पक्राउ गर्न खोजेको विरोधमा जनकपुर अञ्चल बस व्यवसायी संघले बिहीबारबाट बस नचलाउने निर्णय गरेको हो ।
 
गएराति १० बजेतिर प्रहरी उपरीक्षकको आदेश छ भन्दै दुईवटा भ्यानसहित पुगेको प्रहरी टोलीले जनकपुर अञ्चल बस व्यवसायी संघका पूर्व अध्यक्ष श्यामसुन्दर चौधरीलाई पक्राउ गर्ने प्रयास गरेको विरोधमा बिहीबारदेखि जनकपुरबाट चल्ने लामो तथा छोटो दूरीका बस बन्द गर्ने निर्णय गरेको संघका कोषाध्यक्ष रुपेश चौधरीले बताए । 
 
गत जेठ २४ गते सर्लाही जिल्लाको लालबन्दीमा २६०१ नंको बस दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा घाइते भएकाहरुलाई क्षतिपूर्ति दिइए पनि थप क्षतिपूर्तिको माग घाइतेले गरिरहेको कोषाध्यक्ष चौधरीको भनाइ छ । दुर्घटनामा परी घाइते भएकालाई रु तीन लाख तथा मृत्यु भएकालाई रु पाँच लाखसम्म दिनुपर्ने कानूनी व्यवस्था छ । यता धरपकड बन्द गर्न अदालतले आदेश जारी गरेपनि प्रशासनले अदालतको निर्णय विपरीत पक्राउ गर्न तम्सिएको कोषाध्यक्ष चौधरीको आरोप छ । 
 
क्षतिपूर्तिबारे ठोस निर्णय नभएसम्म अनिश्चितकालका लागि जनकपुर अञ्चलका सम्पूर्ण सेवा अवरुद्ध रहने संघले जनाएको छ । रासस