मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दुर्घटनामा तरुण दलका युवाको मृत्यु

दुर्घटनामा तरुण दलका युवाको मृत्यु


इटहरी । इटहरी उपमहानगरपालिकाको मुख्य चोकदेखि एक किमी दक्षिणको धरान–विराटनगर सडकखण्डको साथी फ्युल पेट्रोल पम्प नजिक ट्याक्टरको ठक्करबाट इटहरी–२० का तरुण दलका युवा रोशन तामाङको घटनास्थलमा नै मृत्यु भएको छ । 
 
इटहरीबाट विराटनगरतिर गइरहेका तामाङ ओभरटेक गर्ने क्रममा ट्याक्टरमा ठोक्किएपछि पछाडिबाट आउँदै गरेको ट्रकले सडकमा पछारिन पुगेका युवक तामाङ किचिन पुगेका थिए । 
 
को ६ प ९९२ नंको मोटरसाइकलमा यात्रारत युवा तामाङलाई को १ त १५८३ नंको ट्याक्टरमा ठोक्किन पुगेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । अहिले बिहान ९ बजेतिर भएको उक्त घटनामा परेका युवक तामाङको टाउको क्षतविक्षत अवस्थामा रहेको छ ।
 
घटनास्थलमा ट्याक्टरबाहेक ना ५ ख ३४३८ नंको ट्रकसमेत सोही स्थानमा भएकाले ती दुवै सवारीसाधनको ठक्करबाट युवक तामाङको ज्यान गएको हुनसक्ने भन्दै प्रहरीले ती दुवै सवारीसाधनलाई नियन्त्रणमा लिई कानुनी कार्वाहीका लागि आवश्यक अनुसन्धान अघि बढाएको बताएको छ । रासस