– – – स्थानीय तह निर्वाचन–२०७४ – – –
इलाम नपा–१२ मा काँग्रेसको प्यानल विजयी
स्थानीय तह निर्वाचनको प्राप्त मतगणनाको नतिजाअनुसार इलाम नगरपालिका–१२ मा नेपाली काँग्रेसका वडाध्यक्षसहित प्यानल नै विजयी भएको छ । सो वडाको मतगणनाको नतिजाअनुसार नेकाका वडाध्यक्षका उम्मेदवार लाखमान लिम्बूले ७२४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का चक्रबहादुर लिङदमले ६७१ मत प्राप्त गरेका छन् ।
सो वडाको महिला सदस्यमा नेकाकी प्रमिला लिम्बूले ७६६, दलित महिला सदस्यमा कुमारी लुहागुनले ७८६, खुल्ला सदस्यमा नरसिंह एक्तेन र भानुभक्त घिमिरेले क्रमशः ७४९ र ६९८ मत ल्याएर विजयी भएका छन् ।
सन्दकपुर–१ मा माओवादी केन्द्र विजयी
इलामको सन्दकपुर गाउँपालिका–१ मा नेकपा (माओवादी केन्द्र)का वडाध्यक्ष पदका उम्मेदवार नन्दकुमार राई विजयी भएका छन् । राईले ३८० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गणेश राईले ३०५ मत पाएका छन् ।
यसैगरी, खुल्ला सदस्यमा नेकपा (एमाले)का तेजबहादुर राई र माओवादी केन्द्रका रहरकुमार थुलुङ विजयी भएका छन् । सोही वडाका दलित महिला सदस्यमा एमालेकी दिलमाया विक र सदस्य पदमा माओवादी केन्द्रबाट सिद्धार्थ राई विजयी भएका छन् ।
मेलौली–१ मा काँग्रेसको प्यानल विजयी
बैतडीको मेलौली नगरपालिका–१ को वडाध्यक्षमा नेपाली काँग्रेसका सुरतसिंह नेगी ६३० मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का शरदसिंह नेगीले २७१ मत प्राप्त गरे ।
मेलौली–१ का सदस्यमा पनि नेकाकै उम्मेदवार विजयी भएका छन् । द्रोपती चन्द ४१८, द्रोपती दयाल ४४१, चिन्तासिंह बिष्ट ४४६ र शङ्करसिंह नायकले ४१८ मत ल्याएर विजयी भएका छन् ।
पाटन नपा–१० मा एमाले विजयी
यसैगरी, बैतडीको पाटन नगरपालिका–१० को अध्यक्षमा नेकपा (एमाले)का देवेन्द्र कुँवरको प्यानल नै विजयी भएको छ । निकटतम प्रतिद्वन्द्वी नेकाका हरिदत्त भट्टलाई १३३ मतान्तरले पछि पार्दै कुँवर विजयी भएका हुन् ।
विजयी कुँवरले ३८१ मत प्राप्त गरेका छन् । त्यस्तै, महिला सदस्यमा जयन्ती पन्त, दलित महिला सदस्यमा बिमला सार्की र सदस्यहरूमा नरबहादुर महरा तथा रमेशप्रसाद पन्त विजयी भएका छन् ।
बाजुराको पाण्डवगुफामा एमाले विजयी
बाजुराको पाण्डवगुफा गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ । गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार एमालेका जिल्ला कमिटी अध्यक्ष कालीबहादुर शाही विजयी भएको निर्वाचन अधिकृत प्रकाशराज पौडेलले बताएका छन् । उनका अनुसार शाहीले एक हजार ४५१ मत ल्याएर विजयी भएका हुन् ।
यसैगरी, उनका प्रतिद्वन्द्वी नेकाका अध्यक्ष पदका उम्मेदवार सुन्दर विष्टले ९८९ मत ल्याएका हुन् । गाउँपालिका उपाध्यक्षका एमालेकै ऐना गिरी विजयी भएकी छन् । गिरीले एक हजार ४९० मत ल्याएर विजयी भएका छन् ।
नेकाकी उपाध्यक्ष उम्मेदवार तारा रोकाया (डडाल)ले ९८७ मत पाएको निर्वाचन अधिकृत पौडेलले जानकारी दिए । पौडेलले दिएको जानकारीअनुसार नेकपा (एमाले)ले चार वडा जितेको छ भने नेकाले एक र माओवादी केन्द्रले एक वडा जितेको बताइएको छ ।
काँग्रेस नौ, एमाले नौ वडामा विजयी
यसैगरी, स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रममा जिल्लाका नौ स्थानीय तहमध्ये सात तहको मतपरिणाम मात्र सार्वजनिक भएको छ ।
सञ्चारको पहुँच नभएका कारण स्वामीकार्तिक गाउँपालिका र हिमाली गाउँपालिकाको मतपरिणाम थाहा हुन सकेको छैन । १८ मतदान केन्द्रको मतपरिणामअनुसार नौमा नेपाली काँग्रेस, नौमा नेकपा (एमाले) र एकमा नेकपा (माओवादी केन्द्र)ले विजयी हासिल गरेका छन् ।
मतपरिणाम आएअनुसार त्रिवेणी नगरपालिका–१ मा नेकाको सिङ्गो टोली विजयी भएको छ । वडाध्यक्षमा नेकाका खम्म दमाईंले २८७ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का मनराजे बुढाले २१९ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत सुरेशराज पन्थीले बताएका छन् ।
यसैगरी, वडा नं ९ मा नेकाको प्यानल विजयी भएको छ । नेकाको वडाध्यक्षमा वीरबहादुर विष्टले ५२८ मतले विजयी भएका छन् । नेकपा एमालेका प्रतिद्वन्द्वी कर्णबहादुर साउदले ४०५ मत प्राप्त गरेका छन् । बूढीनन्दा नगरपालिका–१ मा नेकाका नृप खत्रीले ४०५ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का मानबहादुर कार्कीले ३५२ मत ल्याएका छन् ।
त्यस्तै, पाण्डवगुफा गाउँपालिका–५ मा नेकपा (माओवादी केन्द्र)का वडाध्यक्ष प्रकाश शाही विजयी भएका छन् भने वडा नं ६ मा नेकपा (एमाले)का वडाध्यक्षमा कलकबहादुर विष्ट विजयी भएका छन् ।
दोस्रो चरणको निर्वाचनको मतपरिणाम आउन थालेपछि नेकाले छेडेदह गाउँपालिकाका दुई र नेकपा (एमाले)ले दुई वडा जित्न सफल भएको छ । छेडेदह गाउँपालिका वडा नं १ मा नेकपा (एमाले)का वडाध्यक्ष वीरबहादुर रावलले ६६१ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम नेकाका टेकबहादुर रोकायाले ३९० मत ल्याएका छन् ।
यसैगरी, वडा नं २ मा नेकाका वडाध्यक्ष मीनबहादुर शाहीले ५७९ मत ल्याएर विजयी भएका छन् भने नेकपा (एमाले)का वडाध्यक्षका उम्मेदवार मानबहादुर बुढाले ३३० मत प्राप्त गरेका छन् । वडा नं ३ मा नेकपा एमालेका वडाध्यक्ष दीपकबहादुर रावतले ३९० मत प्राप्त गरेर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका वडाध्यक्ष दिलबहादुर रावतले २८४ मत ल्याएका छन् ।
वडा नं ४ मा नेकाको प्यानल विजयी भएको छ । वडाध्यक्षमा नेकाका हर्कबहादुर रावतले ६०३ मत प्राप्त गर्नुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का दिल्ली सुनारले २९५ मत ल्याएका छन् ।
बडिमालिका नगरपालिका–१ मा नेकाको प्यानल विजयी भएको छ । वडाध्यक्षका उम्मेदवार रामबहादुर कार्कीले ५०४ मत पाएर विजयी भएका हुन् । उनका निकटतम नेकपा एमालेका दिलबहादुर विकले २८३ मत ल्याएका हुन् ।
यसैगरी, वडा नं २ मा नेकपा (एमाले)का वडाध्यक्षका उम्मेदवार डम्वर महतले २४२ मत ल्याएर विजयी भएका छन् भने नेकाका गोपाल कार्कीले २३६ मत पाएका छन् ।
वडा नं ३ मा नेकपा (एमाले)को सिङ्गो टोली विजयी भएको छ । वडाध्यक्षका उम्मेदवार वीरबहादुर रावलले ३४८ मत ल्याएर विजयी भएका छन् भने नेकाका नन्दलाल खड्काले १४४ मत ल्याएका हुन् ।
वडा नं ४ मा पनि नेकपा एमालेको सिङ्गो प्यानल विजयी भएको हो । एमालेका वडाध्यक्ष सुरेन्द्र नाथले १४९ मत पाएर विजयी भएका हुन् । नाथका प्रतिद्वन्द्वी नेकाका सुरेन्द्रबहादुर सिंहले १२० मत ल्याएका हुन् ।
वडा नं ५ मा नेकाका सिङ्गो टोली विजयी भएको छ । नेकाका बलबहादुर थापाले २३३ मत ल्याएर विजयी भएका छन् । थापाका प्रतिद्वन्द्वी नेकपा (एमाले)का देवु साउदले १३२ मत पाएका छन् । वडा नं ६ मा नेपाली काँग्रेस विजयी भएको छ । नेकाका वडाध्यक्षका उम्मेदवार कलादेवी बडुवालले ५५४ मत ल्याएर विजयी भएकी छन् भने नेकपा (एमाले)का करे बडुवालले ३७३ मत ल्याएका हुन् ।
गौमुल गाउँपालिकामा नेकपा (एमाले)ले नं १, ५ र ६ मा विजयी भएको बताइएको छ । विजयी हुनेको नाम भने खुल्न आएको छैन ।
बडिमालिका–७ मा एमाले र ८ मा नेकाँ
यस्तै, बडिमालिका नगरपालिका–७ मा नेकपा (एमाले)का वडाध्यक्षका उम्मेदवार धर्मराज पाध्यायले ४३३ मत ल्याएर विजयी भएका हुन् भने नेकाका वडाध्यक्षका उम्मेदवार विजयराज पण्डितले ४२९ मत प्राप्त गरेका छन् ।
यसैगरी, वडा नं ८ मा नेकाको सिङ्गो प्यानल विजयी भएको छ । वडाध्यक्षका उम्मेदवार प्रकाश रावलले ४८० मत ल्याएर विजयी भएका हुन् । रावलका निकटतम नेकपा (एमाले)का दलबहादुर थापाले ४०३ मत ल्याएका छन् ।
निस्दीको वडा नं १ र ७ मा काँग्रेस
निस्दी गाउँपालिका–१ र ७ मा नेपाली काँग्रेसको पूरै प्यानल विजयी भएको छ । नेपाली काँग्रेस वडा नं १ मा नेकाका अध्यक्ष पदका उम्मेदवार पूर्णबहादुर खाँणसहितको पूरै प्यानल निर्वाचित भएको हो । निर्वाचित खाँणले ६६८ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी नेकपा (एमाले)का टुकबहादुर सोतीले ४९३ मत ल्याएका छन् ।
यस्तै, वडा नं ७ मा नेकाकै गगन सिं सोतीको पूरै प्यानल नै विजयी भएको छ । सोतीले ६७५ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी नेकपा (एमाले)का अध्यक्षका उम्मेदवार भीमबहादुर थापाले ५९३ मत ल्याएका छन् ।
रामपुर नपा–१ मा एमाले
यसैगरी, पाल्पाको रामपुर नगरपालिका–१ मा नेकपा (एमाले)को प्यानलै विजयी भएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच भएको गठबन्धनबाट नेकपा (एमाले)का वडाध्यक्ष पदका उम्मेदवार मित्रलाल कँडेलले ७८५ मत ल्याई उनको पूरै प्यानल नै विजयी भएको छ ।
उनका प्रतिस्पर्धी नेकाका कपिलबहादुर खाँणले ६२६ मत ल्याएका छन् ।
कञ्चनपुरको बेदकोट–२ मा एमाले विजयी
कञ्चनपुरको बेदकोट नगरपालिका–२ मा नेकपा (एमाले)का उम्मेदवार नरेश सिंह वडाध्यक्षमा विजयी भएका छन् । त्यसैगरी, यहाँको बेलौरी नगरपालिका–१ मा नेकपा (माओवादी केन्द्र)का वडाध्यक्षका उम्मेदवार रतनबहादुर शाहीसहित माओवादी प्यानल नै विजयी भएको छ । त्यसैगरी, यहाँको लालझाँडी गाउँपालिका–१ मा पनि माओवादी केन्द्रका दिनेश राना प्यानलसहित विजयी भएका छन् ।
त्यसैगरी, पुनर्वास नगरपालिका–१ मा एमालेका उम्मेदवार फैरु तामाङ बिजयी भएका छन् । दुई गाउँपालिका र सातवटा नगरपालिका रहेको कञ्चनपुरमा बिहीबारदेखि मतगणना सुरू भएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ ।
यहाँका सबै नगर र गाउँपालिकामा नेपाली काँग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्रबीच प्रमुख र उपप्रमुखमा त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । केही नगरपालिकामा काँग्रेस, केहीमा एमाले र माओवादीले अग्रता लिएका छन् । आज वडाहरूको परिणाम आउने क्रम जारी रहनेछ । दुई लाख ३५ हजार ७३५ मतदाता रहेको कञ्चनपुरमा ७३.५ प्रतिशत मत खसेको थियो ।
रैनादेवी–१ माओवादी, २ मा काँग्रेस
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ मा नेकपा (माओवादी केन्द्र)का सोमबहादुर दर्लामीले ६११ मत ल्याएर वडाध्यक्षमा विजयी भएका छन् । सोमबहादुर दर्लामी नेतृत्वमा पाँचै जनाकोे प्यानलले जितेको छ ।
यसैबीच, रैनादेवी छहरा गाउँपालिका–२ मा नेकाका जीवलाल पोखरेलले ५८७ मत ल्याएर वडाध्यक्षमा विजय भएका छन् । रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले ८०५, उपाध्यक्ष चेतना गाहा ८३३, नेकपा (एमाले)का अध्यक्ष रामबहादुर राउतले एक हजार २०३, उपाध्यक्ष गोमा बगालेले एक हजार १३०, नेकपा (माओवादी केन्द्र)का फर्सबहादुर खाम्चाले ८४८ र उपाध्यक्ष खेममाया सुनारीले हालसम्म ८८३ मत प्राप्त गरेका छन् ।
लालझाँडी गापा–६ मा माओवादी केन्द्र
कञ्चनपुरमा नेकपा (माओवादी) केन्द्रले विजयी सुरूवात गरेको छ । जिल्लाका नौ स्थानीय तहका ९२ वडामध्ये सबैभन्दा पहिले नेकपा (माओवादी केन्द्र)ले लालझाँडी गाउँपालिका–६ मा विजयी सुरूवात गरेको हो । नेकपा (माओवादी केन्द्र)का तर्फबाट लालझाँडी गाउँपालिका–६ का अध्यक्ष फुलाराम चौधरीसहित पूरै सदस्य प्यानल विजयी भएको छ ।
लालझाँडी गाउँपालिका मतदान अधिकृत हरिकृष्ण अवस्थीले माओवादी केन्द्रको प्यानल विजयी भएको बताए । उनका अनुसार माओवादी केन्द्रका वडाध्यक्ष चौधरीले सबैभन्दा बढी ३४१ मत ल्याई वियजी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का जितराम चौधरीले ३१९ मत ल्याएका थिए ।
यसैगरी, कञ्चनपुरको बेलौरी नगरपालिका–१ मा पूरै प्यानलसहित नेकपा (माओवादी) केन्द्रका वडाध्यक्षका उम्मेदवार रतनबहादुर शाही विजयी भएका छन् । वडा नं १ को एक हजार ४४१ मत गणना हुँदा शाहीले ४८३ मत ल्याई विजयी भएका छन् ।
बराह–१ मा नेपाली काँग्रेस प्यानल विजयी
सुनसरीको बराह नगरपालिका–१ मा नेपाली काँग्रेसका वडाध्यक्षसहित प्यानलै नै विजयी भएको छ । यहाँको १ नं वडाध्यक्षमा नेकाका तर्फबाट वडाध्यक्षका उम्मेदवार सुरेश श्रेष्ठ एक हजार १५९ मत ल्याई विजयी हासिल गरेका छन् ।
श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार खड्क कटुवाललाई ३१८ मत अन्तरले पराजित गरेका हुन् । शुक्रबार बिहान वडा नं १ को मतगणना सम्पन्न हुँदा प्रमुख र उपप्रमुखमा नेकाले अग्रता लिएको छ । प्रमुखमा नेकाले एक हजार ६८, उपप्रमुखमा एक हजार ७५ मत प्राप्त गरेको छ भने एमालेले प्रमुखमा ८८८ र उपप्रमुखमा ८७३ मत पाएको जनाएको छ ।
काँग्रेस सात, माओवादी केन्द्र १२ र एमाले एक वडामा विजयी
रोल्पामा हालसम्म २० वटा वडाको मतपरिणाम सार्वजनिक गरिएको छ । मतपरिणाम सार्वजनिक गरिएका वडामा नेकपा (माओवादी)ले अग्रता लिएको छ भने नेपाली काँग्रेसले माओवादी केन्द्रलाई पछ्याउँदै गएको छ । यसैगरी नेकपा (एमाले) तेस्रो स्थानमा देखिएको छ ।
परिणाम घोषित वडामध्ये नेकाले सातवटा वडा र नेकपा माओवादी केन्द्रले १२ वटा वडामा विजयी हासिल गरेको छ । नेकपा एमाले भने अहिलेसम्म एक वडामा मात्र सीमित रहेको छ । जसअनुसार नेकाले सुकीदह गाउँपालिका–१, रुन्टी गढी गाउँपालिका–२, ३ र ४, सुवर्णावती गाउँपालिका–१, लुङ्ग्री गाउँपालिका–१ र रोल्पा नगरपालिका–१० मा विजय हासिल गरेका छ ।
रोल्पा नगरपालिका–१० मा दुई मत हराएको भन्दै नेकपा (माओवादी केन्द्र)ले पुनः मतदानको माग गरेको कारण परिणाम घोषणा गरिएको छैन । सो वडामा नेकाका उम्मेदवार मानबहादुर खत्रीले ७०८ मत प्राप्त गरेका छन् भने नेकपा (माओवादी केन्द्र)का मतिलाल डाँगीले ६२२ मत प्राप्त गरेका छन् ।
यसैगरी, नेकपा (माओवादी केन्द्र) विजयी भएका वडामा थवाङ गाउँपालिका–४ र ५, दुईखोली गाउँपालिका–१ र २, माडी गाउँपालिका–१ र २, रुन्टीगढी गाउँपालिका–१, सुकीदह गाउँपालिका–२, सुनछहरी गाउँपालिका–१, रोल्पा नगरपालिका–१, त्रिवेणी गाउँपालिका–१ र लुङ्ग्री गाउँपालिका–७ रहेका छन् । नेकपा (एमाले)ले त्रिवेणी गाउँपालिका–२ मा विजय हासिल गरेको छ । परिणाम घोषणा गरिएका सम्पूर्ण वडामा एकल प्यानल विजयी भएको बताइएको छ ।
एक नगरपालिका र नौ गाउँपालिका रहेको रोल्पामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बीच नै तीव्र प्रतिस्पर्धा रहेको छ । नेकपा (एमाले) जिल्लामा तेस्रो स्थानमा देखिएको छ ।
हाल सुवर्णावती, रुन्टीगढी र लुङ्ग्री गाउँपालिकामा नेका अगाडि छ भने रोल्पा नगरपालिका, थवाङ गाउँपालिका, सुनछहरी गाउँपालिका, दुईखोली गाउँपालिका र माडी गाउँपालिकामा नेकपा माओवादी केन्द्र अगाडि रहेको छ ।
नेकपा एमालेले सुकीदह गाउँपालिका र त्रिवेणी गाउँपालिकामा अग्रता लिएको छ । थवाङ गाउँपालिकामा नेका र स्वतन्त्र उम्मेदवारले तालमेल गरेका थिए भने माडी गाउँपालिकामा नेका र नेकपा (एमाले)ले तालमेल गरेको भए पनि दुवै गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले अग्रता लिएको बताइएको छ ।
मिक्लाजुङ–२ मा एमाले विजयी
मोरङको मिक्लाजुङ गाउँपालिका–२ को अध्यक्षमा नेकपा (एमाले)का गौरी राईसहित पूरै एमाले समूह विजयी भएको छ । यसअघि बिहीबार वडा नं १ मा नरबहादुर राई (जीवन)सहित पूरै एमाले समूह नै विजयी भएको थियो ।
शुक्रबार बिहान सार्वजनिक अन्तिम मतपरिणामअनुसार मिक्लाजुङ–२ मा राईले सो वडामा खसेको एक हजार २०५ मतमध्ये ४७३ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का अमर राईले ३३० मत प्राप्त गरेका छन् । यस्तै, सदस्यहरूमा एमालेकै कमलकुमारी राई, कृष्णकुमारी विक, नैनबहादुर राई र मोहन राई विजयी भएका छन् ।
सिटौलाको गृहनगरमा राप्रपाले खाता खोल्यो
नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको गृहनगरमा राप्रपाले जित सुरूवात गरेको छ । नेपालकै होचो ठाउँका रूपमा चिनिएको कचनाकवल गाउँपालिकामा राप्रपाले जित सुरूवात गरेको हो । कचनाकवल गाउँपालिका–१ मा राप्रपाका लक्ष्मीनारायण यादवले ८६० मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार रुद्रमणि दाहालले ७३२ मत प्राप्त गरे ।
नेकपा (एमालेका) अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा राप्रपा र नेकपा (एमाले)बीच तीव्र प्रतिस्पर्धा देखिएको छ । दमक नगरपालिका–१ मा अध्यक्ष पदका लागि राप्रपाका ताराप्रसाद अधिकारी र नेकपा (एमाले)का हरि न्यौपानेले बराबर ८०१÷८०१ मत प्राप्त गरेपछि अहिले के गर्ने भन्ने विषयमा सर्वदलीय बैठक बसिरहेको छ ।
यसअघि राप्रपाले जित हासिल गरेको भनिएको थियो । तर नेकपा (एमाले)ले पुनः मतगणना गर्न माग गरेपछि अधिकारी र न्यौपानेको मत बराबर आएको र अनिर्णित नै रहेको छ ।
बङ्गलाचुली–२ मा माओवादी केन्द्र विजयी
बङ्गलाचुली गाउँपालिका–२ मा नेकपा (माओवादी केन्द्र)का मेघराज रानाको प्यानल नै विजयी भएको छ । निकटतम प्रतिद्वन्द्वी नेकाका मैते पुनलाई ६ मतको झिनो अन्तरले पराजित गरी राना विजयी भएका हुन् । विजयी रानाले ३३६ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी पुनले ३३० मत प्राप्त गरेका छन् ।
त्यस्तै, महिला सदस्यमा हिमा थापा, दलित महिला सदस्यमा मैती विक र सदस्यमा चुके सुनार र भीमकुमार बुढा विजयी भएका छन् ।
बाँकेमा एमालेले खाता खोल्यो
बाँकेको कोहलपुर नगरपालिका–१ मा नेकपा (एमाले)का गोपी खनाल अध्यक्षमा निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वीलाई भारी मतान्तरले पराजित गर्दै ५०९ मतका साथ अध्यक्षमा विजयी भएका हुन् । वडा नं १ मा खनालसँगै एमालेको सम्पूर्ण प्यानल नै विजयी भएको हो ।
उनका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवारले ३४४ मत र नेपाली काँग्रेसले २८० मत प्राप्त गरेका थिए ।
फाकफोकथुम गापा–१ मा नेपाली काँग्रेस
इलामको फाकफोकथुम–१ मा नेपाली काँङ्ग्रेसका वडाध्यक्षसहित प्यानल नै विजयी भएको छ । सो वडाको मतगणनाको नतिजाअनुसार नेकाका वडाध्यक्षका उम्मेदवार टेकवीर लिम्बू ६०३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बेगबहादुर निरौलाले ४४० मत ल्याएका हुन् ।
सो वडाको महिला सदस्यमा नेकाकी लक्ष्मीमाया राई ६४९, दलित महिला सदस्यमा सीता बराइली ७४४, खुल्ला सदस्यमा डम्बरबहादुर पौडेल ६७५ र बालकृष्ण भट्टराई ६१७ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत लीलाराज पौडेलले जानकारी दिए ।
झापामा एमाले र माओवादी केन्द्रको विजयी सुरूवात
झापामा नेकपा (एमाले) र नेकपा (माओेवादी केन्द्र)ले खाता खोलेको छ । बाह्रदशी गाउँपालिका–१ मा एमालेको प्यानल नै विजयी भएको छ भने बुद्धशान्ति गाउँपालिका–७ को वडाध्यक्षमा माओवादी केन्द्र र अन्य चार पदमा एमालेले जितेको छ ।
बाह्रदशी गाउँपालिका–१ मा एमालेका शम्भूसिंह राजवंशी ५०० मत ल्याएर विजयी हुनुभएकोे निर्वाचन अधिकृत बाबुराम राईले जानकारी दिए ।
त्यस्तै, प्राप्त पछिल्लो मत परिणामअनुसार गाउँपालिका अध्यक्षका लागि नेकाका खड्प्रसाद राजवंशीले ६१४ र उपाध्यक्षमा रत्ना राजवंशीले ५८३ मत पाउनु भएको छ भने एमालेका अध्यक्षका उम्मेदवार लक्ष्मण पाठक ४५८ र उपाध्यक्ष गङ्गा धमला ४६९ मतका साथ पछ्याइरहेका छन् ।
बुद्धशान्ति गाउँपालिका–७ मा भने नेकपा (माओवादी केन्द्र)का मातृकाप्रसाद पौडेल ३०८ मत ल्याएर विजयी भएका छन् भने अन्य चार पदमा एमालेका उम्मेदवार विजयी भएका छन् ।
बुद्धशान्ति–७ मा अध्यक्ष पदका लागि नेकाले २४५, नेकपा (एमाले)ले २६८ र नेकपा (माओवादी केन्द्र)ले १८२ मत ल्याएका छन् । वडा नं १ को मतगणना सुरू गरिएको निर्वाचन अधिकृत इन्द्रकमल प्रधानले जानकारी दिए ।
रामपुर– १ र १० मा एमालेको समूह विजयी
रामपुर नगरपालिका– १ र १० मा नेकपा एमालेको पूरै समूह विजयी भएको छ । वडा नं १ मा नेकपा एमालेका वडाअध्यक्षका उम्मेदवार मित्रलाल कँडेलले ७८५ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका कपिलबहादुर खाँणले ६२६ मत ल्याएका छन् । सो वडाका वडासदस्यमा एमालेकै उम्मेदवार विजयी भएका छन् ।
त्यस्तै वडा नं १० मा पनि वडाध्यक्ष र सदस्यमा एमालेको पूरै समूह विजयी भएका छन् । एमालेका वडाध्यक्षका उम्मेदवार लीलाबहादुर गाहाले एक हजार २१३ मत ल्याई विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका एकराज पाठकले ८४३ मत ल्याएका छन् ।
रामपुर नगरपालिकाको वडा नं १० मा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल भएको थियो । बिहीबार साँझपखबाट मतगणना सुरु भएको रामपुर नगरपालिकामा– ८ वटा वडाको मतगणना बाँकी छ ।
पाटन–५ मा काँग्रेस विजयी
बैतडीको पाटन नगरपालिकाको– ५ मा नेपाली काँग्रेसका फुनीसिंह बोहरा २७१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका भरतसिंह ठगुन्नाले २५० मत ल्याए । चार सदस्यमा भने एमालेका वसन्ती ठगुन्ना, द्रौेपती विक, नरेन्द्र चन्द र ललित ठगुन्ना विजयी भएका छन् ।
भोजपुर नगरपालिका–३, ४, ७ र ८ मा काँग्रेस विजयी
भोजपुर नगरपालिका–३, ४, ७ र ८ नं वडामा नेपाली काँग्रेस विजयी भएको छ भने भोजपुर नपा–१ मा नेकपा (माओवादी केन्द्र) र भोजपुर नपा– २ मा नेकपा (एमाले) विजयी भएको छ ।
भोजपुर नपा– ३ को वडाध्यक्षमा काँग्रेसका कमल राईको समूह विजयी भएको छ । राईले ४१४ मत प्राप्त गरी एमाले उम्मेदवारलाई पराजित गरेका हुन् । भोजपुर नपा– ४ को वडाध्यक्षमा काँग्रेसका प्रेम भण्डारी ५२८ ल्याई विजयी भए । उक्त वडामा काँग्रेसको पुरै समूह विजयी भएको छ ।
यस्तै भोजपुर नपा– ८ को वडाध्यक्षमा काँग्रेसका गोपाल कार्की १९३ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नविन प्रधानले १५२ मत प्राप्त गरे । सो वडामा काँग्रेसको पुरै समूह विजयी भएको हो ।
यसैगरी भोजपुर नपा– ७ को वडाध्यक्षमा काँग्रेसका जयबहादुर तामाङ ३२६ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सीताराम श्रेष्ठले २५७ मत प्राप्त गरे ।
त्यस्तै भोजपुर नपा– १ को वडाध्यक्षमा माओवादी केन्द्रका विष्णु भुजेल २०७ मत ल्याई विजयी भए । सो वडामा माओवादी केन्द्रको पूरै समूह विजयी भयो ।
भोजपुर नपा– २ को वडाध्यक्षमा एमालेका कुमार राई ३२६ मत ल्याई विजयी भए । उक्त वडामा एमालेको पूरै समूह विजयी भएको हो ।
गढवा गाउँपालिका–१ मा एमाले विजयी
तुलसीपुर (दाङ) । गढवा गाउँपालिकाको वडा नं १ मा एमालेका समूह विजयी भएका छन् । वडाध्यक्ष पदमा एमालेका बाबुराम अधिकारी ५७७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सुवासचन्द्र योगीले ५१९ मत प्राप्त गरेका छन् ।
त्यसैगरी एमालेबाटै महिला सदस्यमा हेमन्तीकुमारी कुमाल ६३२ मत, दलित सदस्य रेखा परियार ६१२ मत तथा खुल्ला सदस्यमा देवीलाल थारु ५६०, र डम्बर योगी ५६७ मत प्राप्त गरी विजयी भए ।
छेडेदह गाउँपालिकामा काँग्रेस विजयी
छेडेदह गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष एवम् पाँच वटा वडा अध्यक्षमा नेपाली काँग्रेसका समूह विजयी भएका छन् । सो गाउँपालिकाका अध्यक्षमा काँग्रेसका नरबहादुर रावतले तीन हजार ७०५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लालबहादुर ओलीले तीन हजार १०० मत प्राप्त गरेका छन् ।
यसैगरी उपाध्यक्षमा काँग्रेसकै कुन्ती साउदले तीन हजार ६७१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी पवित्रा शाहीले तीन हजार १२५ मत प्राप्त गरेका छन् ।
छेडेदह गाउँपालिकामा काँग्रेसले पाँच वडामा विजय हासिल गरेको छ भने एमालेले दुई वडामा विजयी भएको निर्वाचन अधिकृत केशवराज पन्तले जानकारी दिए ।
बूढीनन्दा नगरपालिका–३ मा काँग्रेस विजयी
त्यस्तै बूढीनन्दा नगरपालिका–३ मा नेपाली काँग्रेस समूह विजयी भएका छन् । वडाध्यक्षमा काँग्रेसका रामबहादुर बोहराले ५०७ मत प्राप्त गरी विजयी भएको छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का मनबहादुर रोकायाले ४५३ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया