मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपाली सेनाद्वारा बम निष्क्रिय

नेपाली सेनाद्वारा बम निष्क्रिय


कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निंगालीको दीपेन्द्र स्मृति सामुदायिक वन नजिकको काठेपुलमा राखिएको सकेट बम नेपाली सेनाको टोलीले बुधबार निष्क्रिय पारेको छ । 
 
नेपाली सेनाको निर्वाचन सुरक्षा बेसमा खटिएको टोलीले बम निष्क्रिय पारेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक टेकबहादुर जोराले बताए ।
 
यसैगरी, सोही नगरपालिका–२ दोमिल्लातर्फ जाने ग्राभेल सडकमा राखेको सकेट बमसमेत नेपाली सेनाको टोलीले निष्क्रिय पारेको प्रहरी निरीक्षक जोराले बताए । ‘बम राख्नेहरूको खोजी तीव्र बनाइएको छ’, उनले भने । रासस