चितवन । नेपाल स्काउट चितवन र साविक चित्रवन नगरपालिकाको आयोजनामा सञ्चालित सामाजिक सेवामा स्काउटको भूमिका विषयक एकदिने कार्यशाला गोष्ठी भरतपुर–१९ को सभाहलमा सम्पन्न भएको छ ।
नेपाल स्काउटका जिल्ला आयुक्त तीर्थराज न्यौपानेको सभापतित्व एवम् जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी कृष्ण सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा राष्ट्रिय संगठन आयुक्त देवराज घिमिरेले कार्यक्रमको औचित्यबारे प्रकाश पारेका थिए ।
स्काउटर मुक्ति ढकालको संयोजकत्वमा भएको कार्यक्रममा नननिर्वाचित चार वडा अध्यक्षसहित राजनैतिक दलका प्रतिनिधि, विद्यालयका प्राचार्य, समाजसेवी, स्काउट मास्टरलगायत ८० जनाको सहभागिता रहेको थियो ।
प्रतिक्रिया