दमक । झापाको कमल गाउँपालिका–५ स्थित मतदान केन्द्रमा का छन् ।
कमल गाउँपालिका–५ स्थित मङ्गलमय माविको मतदान केन्द्रबाट स्थानीयवासी १०४ वर्षीय वद्ध रणबहादुर कार्कीले मतदान मतदान गरे । उनी कमल गाउँपालिकाकै सबैभन्दा ज्येष्ठ मतदाता हुन् ।
त्यसैगरी, सोही वडाकी ५२ वर्षीया पूर्ण अशक्त दुर्गा गुरागार्इंले पनि ह्विलचियरबाट नै मतदान गरिन् । उनले सोही मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।
कमल गाउँपालिकाको सबैभन्दा ठूलो मतदान केन्द्र मानिने त्यस वडामा पाँच हजार २८ मतदाता छन् । जारी मतदानमा अहिले बिहान १० बजेसम्म त्यस मतदान केन्द्रबाट एक हजार मतदाताले मत खसालेको त्यहाँका मतदान अधिकृतले जनाएका छन् ।
छयान्नब्बे वर्षीय वृद्धद्वारा मतदान
यसैबीच, पाल्पा जिल्लाको रामपुर नगरपालिकाको दरैठाँटी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट ९६ वर्षीय वृद्धद्वारा मतदान प्रक्रिया सुरु भयो । रामपुर नगरपालिका–६ निवासी सुब्बा लोकनाथ उपाध्याय रेग्मीले सो मतदान केन्द्रबाट पहिलो मतदान गरे ।
यस क्षेत्रका समाज विकासका अभियन्तासमेत रहेका रेग्मीले यस निर्वाचनपछि गाउँका सानादेखि ठूला ठूला विकास निर्माणका योजनाले गति लिने आशा गरेका छन् । रासस
प्रतिक्रिया