मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भरतपुरमा च्यातिएका मतपत्र सर्वाेच्च पठाइयो

भरतपुरमा च्यातिएका मतपत्र सर्वाेच्च पठाइयो


भरतपुर महानगरपालिका वडा नं. १९ को मतगणना विवादबारे सर्वोच्चले मागेको कागजपत्र र च्यातिएका ९० वटा मतपत्र जिल्ला निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयले आज पठाएका छन् ।
 
भरतपुरको कभर्डहलमा कपडाले पोको पारेर राखिएको मतपत्रलाई मतपेटिकामा राखेर शील गरी पठाइएको हो । मुख्य निर्वाचन अधिकृत कविलप्रसाद न्यौपाने, सहायक मतदान अधिकृत गम्भीर घिमिरे र प्रहरी नायव निरीक्षक गोविन्द श्रेष्ठ मतपत्र लिएर काठमाण्डौं जानु भएको छ । बिहानः ८ः१५ बजेको बुद्धएयरको फ्लाईट नम्बर ३६० ९ एन ए आई टी विमानबाट उहाँहरू काठमाण्डौं जानु भएको हो । उक्त मतपत्र आजै सर्वोच्च अदालत बुझाईने छ ।
 
जिल्ला प्रशासन कार्यालय चितवनले सर्वोच्चले माग गरेको तत्कालीन अवस्थाको प्रहरीको प्रतिवेदन पनि टोलीसँगै पठाएको छ । यस अघि आज बिहान दलका प्रमुख र प्रतिनिधि एवं उम्मेदवारहरुको रोहवरमा च्यातिएको मतपत्र मतपेटिकामा राखेर शील गरिएको थियो । सो मतपत्रलाई प्रहरीको स्कटिङमा भरतपुर विमानस्थलसम्म पु¥याएको प्रहरी प्रमुख दीपक थापाले बताउनुभयो ।
 
सर्वोच्च अदालतले भरतपुर महानगरपालिकामा च्यातिएका मतपत्र एक साताभित्र झिकाउन असार ६ गते मङ्गलवार आदेश दिएको थियो । कायममुकायम प्रधानन्याधीश गोपालप्रसाद पराजुली र न्यायधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासले मतपत्र झिकाउन आदेश दिएको हो । फैसलाको भोलिपल्ट मात्रै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पत्र आएकाले पत्र पाएको सातौँ दिन आज कागजपत्र र मतपत्र पठाइएको हो ।
 
भरतपुर महानगरपालिका वडा नं। १९ को मतगणना जारी रहेको बेला माओवादीका कार्यकर्ताले मतपत्र च्यातेपछि यो विवाद सर्वोच्चमा पुगेको हो । महानगरका २९ वटा मध्ये २७ वटाको गणना सम्पन्न भएको छ भने १९ को अन्यौलमा रहेको छ । वडा नं। २० को मतगणना बाँकी रहेको छ । नेपाली काँग्रेस र माओवादी केन्द्रले पुनः मतदान गर्नुपर्ने माग गर्दै आएका छन् भने नेकपा एमालेले मतगणना जारी राख्नुपर्ने माग गर्दै सर्वोच्च पुगेको हो । निर्वाचन आयोगले १९ नम्बरमा पुनः मतदान गर्न निर्देशन गरेपछि एमाले सर्वोच्च गएको हो ।