मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

घुस लिँदै गर्दा राजस्व अधिकृत पक्राउ

घुस लिँदै गर्दा राजस्व अधिकृत पक्राउ


काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मूल्य अभिवृद्धि कर (भ्याट) तिर्न नपर्ने बनाइदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गर्दा राजस्व अनुसन्धान अधिकृतलाई नियन्त्रणमा लिएको छ । 
 
आयोगले राजस्व अनुसन्धान मध्यपश्चिमाञ्चल तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय कोहलपुर, बाँकेका अनुसन्धान अधिकृत भिमप्रसाद घिमिरे र कम्प्युटर अधिकृत गोविन्दबहादुर शाहीलाई आज नियन्त्रणमा लिएको प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए । 
 
आयोगको कार्यालय कोहलपुरबाट खटिएको टोलीले रु पाँच लाख ७० हजार घुस रकमसहित दुबैजनालाई कार्यालय परिसरबाट नियन्त्रणमा लिएको हो । 
 
व्यापारीबाट नियन्त्रणमा लिइएका करलगायतका कागजात मिलाइ दिने प्रयोजनका लागि उनीहरूले घुस रकम माग गरेका थिए । नियन्त्रणमा लिएका दुबै जनामाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । रासस