मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ट्रक दुर्घटनामा तीन जनाको मृत्यु

ट्रक दुर्घटनामा तीन जनाको मृत्यु


मलेखु (धादिङ) । पृथ्वीराजमार्ग अन्तर्गत जोगिमाराको हुग्दी खोलामा शुक्रबार बिहान ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । 
 
गजुरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बरुण सिंहका अनुसार काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ३१२३ नं को ट्रक हुग्दी खोलामा पल्टिएर दुर्घटना भएको हो । 
 
दुर्घटनामा चालक बारा जिल्ला गढीमाई निवासी नरबहादुर खत्री सहचालक जीवन लामा र ट्रकमा सवार यात्रु सञ्जु राईको मृत्यु भएको छ । खत्री ट्रक धनी हुन् । अत्याधिक गतिमा गुडेको ट्रक सडकबाट खोलामा खसेर दुर्घटना भएको थियो । रासस