मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रीमान् वैदेशिक रोजगारीमा, श्रीमती स्वरोजगारीमा

श्रीमान् वैदेशिक रोजगारीमा, श्रीमती स्वरोजगारीमा


रामेछाप । श्रीमान् वैदेशिक रोेजगारीमा गएपछि श्रीमती घर परिवार चलाएरमात्रै बस्ने मान्यता विपरीत रामेछाप नगरपालिका, रामपुरका धेरै महिलाले आफैँ स्वरोजगारको बाटो अँगाल्न सुरु रहेका छन् । 
 
श्रीमान्ले विदेशबाट पठाएको रकममा निर्भर हुनुको साटो परिवारका लागि आयस्रोतका विभिन्न पेसा आफैँ गरी उनीहरू आत्मनिर्भर बन्न थालेका हुन् । यसबाट एकातर्फ परिवारको आयस्रोत र बचत बढाएको छ भने अर्कोतर्फ समयको सदुपयोग भएको छ । 
 
रामेछाप नगरपालिका ज्यामिरबोटकी गोमा श्रेष्ठका श्रीमान् वैदेशिक रोजगारीको क्रममा डेढ वर्षदेखि साउदीअरबमा होटलमा काम गर्छन् । उनले मासिक करिब रु ४० हजार कमाउँछन् । श्रीमान्को कमाइ रामै्र भए पनि गोमाले गाउँमै १० वटा बाख्रा पालेकी छन् । 
 
सुरक्षित आप्रवास परियोजना(सामी)ले गत वर्ष सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रममा सहभागी भएपछि उनमा आफँै केही गर्नुपर्छ भन्ने भावना जाग्यो । श्रेष्ठले भनिन्े, तालिम लिनुअघि एक दुई वटा बाख्रा पालेको थिए, तर तालिमपछि अहिले १० वटा पु¥याएकी छु, एउटा दुहुनो भैँसीसमेत पालेकी छु ।” 
 
श्रेष्ठको जेठी छोरी चार कक्षामा र कान्छो छोरा एक कक्षामा स्थानीय विद्यालयमा पढ्छन् । आफूले पढ्न नपाए पनि छोराछोरीले धेरै पढ्न सकून भन्ने उहाँको चाहना छ । उनले भने, “अहिले आफ्नै कमाइले घरखर्च चलाउँछु, नपुगेको रकम मात्रै श्रीमान्ले पठाएकोबाट खर्च गर्छु । श्रीमान् स्वदेश फर्किए पनि घर खर्च चलाउन आफैँ एक्लैले सक्छु भन्ने विश्वास जागेको छ ।” 
 
यसअघि श्रेष्ठका श्रीमान्ले युनाइटेड अबर अफ इमिरेट्स(युयई)मा चार वर्ष काम गरे । तर त्यसबेला कमाइ राम्रो भएन । श्रीमान्ले पठाएको खर्चमा मात्रै निर्भर हुँदा बचत हुन नसकेको पछुतो अहिले श्रेष्ठलाई लागेको छ । 
 
उनले भने, “अहिले दुवै जनाले कमाउन थालेपछि केही रकम बचत भएको छ, बचत गरेको रकमबाट भक्तपुरको झौखेलमा घडेरी किनेका छौँ । घडेरी किन्दा लागेको ऋण दुवैजना मिलेर तिरिरहेका छाँै ।” 
 
रामेछाप, रामपुरकी इन्दिरा श्रेष्ठका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएको साढे दुई वर्ष भयो । मलेसियामा ग्लोभ कम्पनीमा श्रीमान्ले मासिक रु ३० हजार कमाउँछन् । श्रीमान् विदेश गएपछि आफूले पनि केही गर्नुपर्छ भनेर एक वर्षअघि श्रेष्ठले घरमै रु १० हजार लगानी गरेर किराना पसल खालिन्े । 
 
अहिले त्यसमा रु दुई लाखभन्दा बढी लगानी भइसक्यो । अब पसल विस्तार गरेर होलसेल नै चलाउने उनको योजना छ । दैनिक करिब रु पाँच हजारको सामान बिक्री हुने गरेको श्रेष्ठले बताइन् । 
 
“किराना पसलसँगै साँझपख चटपटे र पानी पुरी बेच्ने व्यवस्था मिलाएकी छु,” उनले भनिन्े । पसलकै एउटा कुनामा सिलाइकटाइ गर्दै आएपनि मेसिन बिग्रिएकाले एक महिनादेखि त्यो काम रोकिएको छ । घरमा आफू र दुई साना छोरीमात्रै भएकाले उनीहरूलाई स्याहार्ने, विद्यालय पठाउनेदेखि घरको कामकाज आफैँ भ्याउनुपर्छ । उहाँका नौ वर्षीया छोरी चार कक्षामा तथा चार वर्षीया छोरी नर्सरीमा पढ्छन् । 
 
श्रेष्ठले किराना पसलमा पसलमा चुरोट, रक्सी, सुर्तिजस्ता वस्तु बेच्नुहुन्न । ती वस्तुमा बढी फाइदा हुने भए पनि स्वास्थ्यका लागि हानिकारक हुने भएकाले आफूले नबेच्ने प्रण गरेको उनको भनाइ छ । 
 
पहिला पैसा खर्च गर्ने बचत नगर्ने उनको बानी थियो । श्रेष्ठले भन्नुभयो, “पहिले सय रुपैयाँ राखेर के हुन्छ भन्ने ठान्थे, अहिले त्यही सय रुपैयाँ जम्मा गर्दै गएर लाख पुग्ने रहेछ भन्ने थाहा पाए । बचत गरेरै रामेछापकै साँगुटारमा घडेरी किनेका छौँ ।” 
 
यस्तै रामेछाप झ्यासीङटारकी लक्ष्मी श्रेष्ठका श्रीमान् पनि पाँच वर्षदेखि रोजगारीका लागि युएईमा छन् । वित्तीय साक्षरताको तालिम लिएपछि श्रीमान्ले पठाएको विप्रेषणको कसरी सदुपयोग गर्ने भन्ने उनले जानकारी पाइन् । 
 
उनले भनिन्, “मैले प्रत्येक दिनको पाँच रुपैयाँको पनि हिसाब लेखेर राख्ने गरेको छु । कति आयो कति गयो सबै दुरुस्त राखेकी छु । श्रीमान् आएर कुनै दिन पैसा खर्च कहाँ भयो भनेर सोध्नुभयो भने उनले पठाएको एक÷एक रुपैयाँको पनि हिसाब देखाउन मैले सक्छु ।” 
 
श्रेष्ठले पहिला गाउँमा पैसा ब्याजमा लगाए पनि त्यो उठाउन गाह्रो परेको अनुभव सुनाइन् । अहिले उनले स्थानीय सहकारीमा पैसा राख्न थालेकी छन् । कृषि पेसालाई थप विस्तार गर्ने योजनामा उनी छन् । 
 
सामी परियोजनाका रामेछाप संयोजक भोजराज सुनुवारले जिल्लाका रामपुर, पकरवास, बेथान, हिमगङ्गा, नागदहमा वैदेशिक रोजगारीको विषयमा आफूहरूले करिब ३०० जनालाई वित्तीय साक्षरतासम्बन्धी तालिम दिएको बताए । 
 
विदेश जानुअघिको तयारी, लाग्ने खर्च, विदेशबाट प्राप्त हुने विपे्रषणको सदुपयोग, बचत वृद्धि, बचत परिचालन गरी स्थानीयस्तरमा उद्यमी बन्नेलगायत विषयमा तालिम दिएको उनले बताए ।
 
विगतमा श्रीमान्ले कमाउँदा श्रीमतीले घरमै बस्ने र श्रीमान्ले पठाएको रकममा निर्भर हुने गरेका महिला अहिले आफैँ आत्मनिर्भर बन्दा आत्मविश्वास पनि बढ्दै गएको बताउँछन् । रासस