मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बाँकेमा निर्वाचनको व्यवस्थापकीय चुनौती

बाँकेमा निर्वाचनको व्यवस्थापकीय चुनौती


नेपालगन्ज । दोस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनका लागि बाँकेको ग्रामीण क्षेत्रमा व्यवस्थापकीय चुनौती थपिएको छ । 
 
असार १४ गते हुने निर्वाचनमा मतपत्रलाई पानीबाट जोगाउन, सुरक्षित तवरबाट मतपेटिका नेपालगन्जसम्म पु¥याउन र मतदान केन्द्रसम्मको बाटो सहज बनाउनेलगायतका व्यवस्थापकीय चुनौती थपिएको हो । 
 
‘अन्य सुरक्षा अवस्था बाँके जिल्लामा चुस्त बनाएका छौँ, तर मतदानको दिन र त्योपछि पानी प¥यो भने हाम्रो मुख्य चुनौती मतपत्रलाई कसरी सुरक्षित बनाउनेतर्फ नै केन्द्रित हुने भएकाले त्यसैअनुरुपको योजना जिल्ला सुरक्षा समितिले निर्माण गर्ने छ’—बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले बताए । 
 
विशेषतः बाँके जिल्लाका राप्ती नदीपारीका ग्रामीण क्षेत्रमा पुग्न पक्की सडक छैन, वर्षात्का समयमा नदीमा पानीको बहाव अधिक हुने भएकाले सवारी साधनलाई आउजाँउ गर्न कठिन हुन्छ । ‘राप्तीपारीका क्षेत्रमा हुने मतदानको मतगणना गर्ने व्यवस्था हामीले राप्तीसोनारी गाउँपालिकाको नरैनापुरमा मिलाएका छौँ, ठूलो दैवीप्रकोपवाहेक अन्य अवस्थामा निर्वाचनका लागि त्यति ठूलो समस्या नआउँला’—प्रजिअ पन्थले भने । 
 
बाँके जिल्लामा आजदेखि मनसुने झरी पनि सुरू भएको छ । निर्वाचन आउन  अझै  एक साता बाँकी भएकाले निर्वाचनका दिन ठूलो झरी नपरे हुन्थ्यो भन्ने कामना यहाँका राजनीतिक दल, उम्मेदवार र मतदाताले गरेका छन् । 
 
अर्कोतर्फ जिल्ला निर्वाचन कार्यालयले उम्मेदवारलाई हिजो निर्वाचन चिन्ह प्रदान गरेपछि चुनावी प्रचार प्रसारले यहाँ अझ तीव्रता पाएको छ । जिल्लाको नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका तथा बैजानाथपुर, डुडुवा, जानकी, खजुरा, नरैनापुर र राप्ती—सोनारी गाउँपालिका गरी आठ स्थानीय निकायमा ४२१ पदका लागि निर्वाचन हुँदैछ । 
 
कुल दुई लाख ४६ हजार ७८ मतदाताले यो निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न पाउने छन् । कुल मतदातामध्ये महिला एक लाख २५ हजार ९३३, पुरुष एक लाख २० हजार ८४ र तेस्रो लिङ्गी एकजना रहेको जनाइएको छ । 
 
क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख वसन्तराज अधिकारीका अनुसार, जिल्लामा १३६ मतदानस्थलका लागि २९५ मतदान केन्द्रको व्यवस्था गरिएको छ । रासस