मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु


राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका–१ स्थित खाँडो पुलनजिकै बिहीबार बिहान रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।
 
मङ्गलबारदेखि राष्ट्रिय जनता पार्टी नेपालले अह्वान गरेको बन्दका कारण राजमार्गमा रोकिराखेको को १ ख ३९७४ नंको बाँस लोड गरेको ट्रकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स १ प ६२५३ नंको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।  
 
सो दुर्घटनामा परी मोटरसाइकल चालक सप्तरीको तेरौता–७ बस्ने ४० वर्षीय तेजनारायण चौधरी र पछाडि सवार नाम र ठेगाना नखुलेका अन्दाजी २१ वर्षीय एकजनाको मृत्यु भएको छ । ट्रकका चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय, रुपनीले जनाएको छ । रासस

शेयर गर्नुहोस:

0
Shares