चितवन । निर्वाचनमा जित वा हार हुनु स्वभाविक कुरा हो । प्रायः जित्नेले उत्सव मनाउने र हार्नेले कुना पसेर चिन्ता मान्ने गर्छन् ।
तर, रत्ननगर नगरपालिकामा चुनावमा हारजित हुनु लोकतान्त्रिक सौन्दर्य मान्दै कांग्रेसका मेयर पदमा उम्मेदवार रुपनराज घिमिरेले एमालेका विजयी मेयर नारायण वनलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् ।
एमालेका वनले १४ हजार ६८० मतका साथ विजयी भए । उनका निकटतम प्रतिस्पर्धी घिमिरेले १३ हजार २५७ मत ल्याएका थिए ।
यस्तै रत्ननगर नगरपालिकामा उपमेयर पदमा एमालेकै विमला दुवाडीले १४ हजार ४८१ मतसहित विजयी भएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी निता ढकालले १२ हजार ७०३ मत प्राप्त गरेकी छन् ।
यसैबीच, निर्वाचन परिणामपश्चात् फेसबुक स्टाटस लेख्दै कांग्रेस नेतृ ढकालले लोकतन्त्रको सुन्दर पक्ष जित-हार भएको हुँदा पराजयलाई सहर्ष स्वीकार्दै विजयी हुने सम्पूर्ण उम्मेदवारहरुलाई उनले बधाई तथा शुभकामना दिएकी छन् ।
साथै उनले आफू र आफ्नो पार्टीलाई मतदान गर्ने शुभेच्छुकहरुमा आभार प्रकट गर्दै उहाँहरुको अमुल्य मतको सम्मान गर्दै रत्ननगरलाई सुन्दर बनाउने अभियानमा सामाजिक अभियन्ताका रुपमा समर्पित रहने प्रतिबद्धता जनाएकी छन् ।







प्रतिक्रिया