मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

काँग्रेसले नाम्लो लगाएर माओवादीलाई बोक्यो : ओली

काँग्रेसले नाम्लो लगाएर माओवादीलाई बोक्यो : ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसले नाम्लो लगाएर माओवादी केन्द्रलाई बोकेको आरोप लगाएका छन् ।भरतपुरमा काँग्रेस–माओवादी केन्द्रू गठबन्धन प्रचण्डकी छोरीलाई जिताउने योजना र देउवा प्रधानमन्त्री बन्ने दाउमात्र रहेको उनले दाबी गरे ।
 
भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने– 'अरूका छोराछोरी मार्न लगाएर आफ्नो  छोराछोरी मेयर बनाउदै छन्, त्यो पनि देउवाको विवेकलाई बन्धकी बनाएर ।' हिजो कांग्रेसलाई खोजी खोजी मार्नेहरुलाई देउवाले काँधमा बोकेर हिँडेको उनको भनाइ थियो ।
 
अधिकांश समय कांग्रेस– माओवादी गठबन्धनप्रति आक्रोश र व्यङ्ग्य गर्नमा खर्चिएका ओलीले प्रचण्डले माओवादी जनयुद्ध आफना सन्तानका लागिमात्र गरेको आरोप लगाए । हिजो टाउकाको मूल्य तोक्ने आज प्रचण्डको छोरीलाई काँधमा बोक्ने ? सत्तासिद्धका लागि देउवाको यो नाटक के हो ?  उनको जिज्ञासा थियो । 
 
माओवादीले युद्धका नाममा युवाहरूको भविष्य र समय बर्बादद बनाएको भन्दै उनले काँग्रेस कार्यकर्तालाई अब झोक्राएर नबस्न आग्रह गरे । विदेशीका अघिल्तिर लम्पसार पर्दापर्दै सत्ताधारी दलका नेताहरूको घुँडाभरी घाउ नै घाउ भएको ओलीले टिप्पणी गरे । राष्ट्रिय एकता, अखण्डतालाई कमजोर बनाउन परिएको लम्पसारले देशको हित नहुने ओलीको ठहर छ । 
 
सभामा एमाले महासचिव ईश्वर पोखरेल, स्थायी समितिका सदस्य सुरेन्द्र पाण्डे, भरतपुर महानगरका एमाले उम्मेदवार देवी ज्ञवाली, उपमेयरको उम्मेदवार दिब्या शर्मा, जिल्ला सचिव पार्वती रावललगायतले चितवनमा एमालेको विजय भइसकेको बताए ।
 
ओलीले चितवनका अन्य तीन नगरपालिका रत्ननगर, खैरहनी, र राप्तीमा भएकोे जनसभालाई सम्बोधनसमेत गरेका थिए । कार्यक्रममा हजारौँको सङ्ख्यामा एमाले कार्यकर्ताको सहभागिता रहेको थियो ।

 

शेयर गर्नुहोस:

0
Shares