मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रधानमन्त्री प्रचण्ड र नेपाली काँग्रेसका सभापति देउवा एउटै मञ्चमा

प्रधानमन्त्री प्रचण्ड र नेपाली काँग्रेसका सभापति देउवा एउटै मञ्चमा


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भरतपुरमा एउटै मञ्चमा उभिएर कांग्रेस–माओवादी केन्द्र संयुक्त गठबन्धनलाई भोट मागेका छन् । 
 
भरतपुर महानगरपालिकामा काँग्रेस र माओवादीले चुनावी तालमेल गरेपछिको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनीहरूले आफना उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका हुन् । चितवनको भरतपुर महानगरपालिकामा काँग्रेसले मेयरमा माओवादी उम्मेदवार रेणु दाहाललाई समर्थन गरेको छ भने उपमेयरमा माओवादीले काँग्रेसकी पार्वती शाहलाई समर्थन गरेको छ । 
 
चुनावी सभालाई सम्बोधन गर्दै प्र्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्डले रेणु दाहाल क्षमतावान र प्रभावशाली महिला नेता भएको बताए ।
 
रेणु दाहाल प्रचण्डपुत्री भएका कारणले मात्रै टिकट दिएको नभइ पार्टीमा गरेको त्याग र बलिदानलाई आधार मानी दलका नेता कार्यकर्ताको रायसुझावका आधारमा दिइएको स्पष्ट पारे । 
 
दाहालको आफनै क्षमता र हैसियतका कारण पार्टीले टिकट दिएको बताउँदै उनले पाटीको नयाँ नेपाल निमार्णको कार्यभार पूरा गर्न संक्षम र सबल महिला नेता रेणु भएको बताए । भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले नेपालको भविष्य सुनिश्चित गर्न र विकास निर्माणको अभियान थालनी गर्न काँग्रससँग तालमेल गरेको बताए ।  
 
उनले भने, ‘भरतपुरमा माओवादी काँग्रेस तालमेलको कठोर निर्णय भएको हो, यो गठबन्धन संयोगको मात्र नभइ इतिहासको आवश्यता भएकाले यस्तो कठोर निर्णय गर्न पार्टी बाध्य भएको उनको ठहर थियो । सम्पूर्ण राष्ट्र र चितवनको समग्र विकासका लागि यो गठबन्धन चमत्कारिक भएको उनको भनाइ थियो । दाहालले दक्षिण एसियाकै समृद्ध महानगर बन्ने आधार भरतपुर महानगरसँग मात्र भएको दाबी गर्दै गठबन्धनका उमेदवारहरुलाई भारि मतका साथ जिताउन आग्रहसमेत गरे । 
 
त्यस्तै नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले मनमा कुनै संकोच नराखिकन गठबन्धनका उमेदवारहरुलाई जिताउन आग्रह गरे । कसैको भड्काउमा नलाग्न र नेताको आदेशअनुरुप काम गर्न उनले कार्यकर्तालाई निर्देशन दिए । 
 
काँग्रेस–माओवादी केन्द्रको चुनावी सभालाई भरतपुरमा सम्बोधन गर्दै देउवाले पोखरामा काँग्रेसलाई माओवादीले समर्थन गरेका कारण चितवनमा माओवादी केन्द्रलाई समर्थन गरेको बताए ।
 
चितवनमा माओवादी हारे त्यसले कांग्रेसलाई ठूलो क्षति हुने उनको भनाइ थियो । दुई पाटीले लामो समयसम्म एकता गरी काम गर्नुपर्ने अवस्था आएकोले दायाँबायाँ नगर्न उनले कार्यकर्तालाई आग्रह गरे । नेपालमा यसको धेरै ठूलो राजनीतिक महत्त्व छ, अहिले हाम्रो संयुक्त सरकार छ ।
 
स्थानीय चुनावमा मात्रै होइन, प्रान्तीय र संसदीय चुनावपछि पनि हामी संँगसँगै जान सक्छौँ देउवाले भने । बाह्रबुँदे समझदारी हुँदा आफू जेलमा रहेको बताउँदै देउवाले गिरिजाबाबु र प्रचण्डको नेतृत्वमा भएको सोही सहकार्यले राष्ट्रिय मेलमिलाप गराएको बताए । सभामा हजारौँको सङ्ख्यामा कार्यकर्ताको सहभागिता रहेको थियो ।