मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मेयरका उम्मेदवार ओलीको निवासमा कालो झण्डा, उम्मेदवारी फिर्ता लिन धम्की

मेयरका उम्मेदवार ओलीको निवासमा कालो झण्डा, उम्मेदवारी फिर्ता लिन धम्की


चितवन, २० वैशाख स्थानीय निर्वाचन बहिस्कार गर्ने बताउँदै आएको विप्लव माओवादी समूहका कार्यकर्ताहरुले उम्मेदवारी फिर्ता लिन दबाब दिँदै पूर्वी चितवनको  राप्ती नगरपालिकाका कांग्रेसका मेयर उम्मेदवार किरणभूषण ओलीको निवासमा कालोझण्डा गाडेका छन् । 
 
नेकपा जिल्ला समितिका नामबाट राप्ती नगरपालिकाका मेयरका उम्मेदवार ओलीको नाममा काटिएको पत्रमा उम्मेदवारी फिर्ता लिन आग्रह गरिएको हो । पार्टीका इन्चार्ज/सेक्रेटरी लालबहादुर बिसीद्वारा हस्ताक्षरित उक्त पत्रमा तत्काल उम्मेदवारी फिर्ता गर्न आग्रह गरिएको तरुण दल क्षेत्र नं १ का सभापति प्रज्ज्वलजङ्ग दवाडीले जानकारी दिए । 
 
सभापति दवाडीले भने, ‘निर्वाचनको माहोल बढिरहेको र घरदैलो अभियानलाई तीव्र बनाइरहेको अवस्थामा मनोवैज्ञानिक त्रास फैलाउने किसिमले जुन हर्कत विप्लव समूहका कार्यकर्ताले गरेका छन्, तरुण दल कडा प्रतिवाद गर्न तयार छ ।’ यस्ता गतिविधिप्रति सचेत रहेको भन्दै उनले 'आइलाग्नेमाथि जाइलाग्न पछि नपर्ने' चेतावनी दिएका छन् । 
 
निर्वाचनको सरगर्मी बढिरहेका बेला मेयरको निवासमा कालो झण्डा गाड्ने र पत्र पठाउने काम गर्दा मनोवैज्ञानिक त्रास फैलिएको राप्तीका स्थानीयले बताएका छन् ।