मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चार महानगरकाे मेयर र उपमेयरमा क–कसकाे उम्मेदवारी ?

चार महानगरकाे मेयर र उपमेयरमा क–कसकाे उम्मेदवारी ?


चितवन । स्थानीय तहको निर्वाचनका लागि काँग्रेस, एमाले, माओवादी केन्द्रलगायतका दलले पूर्वी चितवनका चारवटै नगरपालिकामा उम्मेदवारी दर्ता गराएका छन् । पूर्वी चितवनका रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिकामा दलहरुले मेयर, उपमेयर, वडाअध्यक्ष र नगर सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । 
 
रत्ननगर नगरपालिकामा नेपाली काँग्रेसबाट मेयरमा रुपनराज घिमिरे, उपमेयरमा निता ढकालले उम्मेदवारी दिएका छन् । १६ वटै वडाका वडाअध्यक्षसहित ८२ जनाले उम्मेदवारी दिएको निर्वाचन कार्यालयले जनाएको छ ।
 
रत्ननगरमा एमालेबाट मेयरमा नारायण वन र उपमेयरमा विमला दुवाडी तथा वडाअध्यक्षसहित ८२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै माओवादी केन्द्रबाट मेयरमा पूर्णबहादुर अमगाईं (सुवोध), उपमेयरमा संगीता भट्टराई, वडाअध्यक्षसहित ८२ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत गीता गुरुङले बताइन् । यसैगरी राप्रपाबाट मेयरमा गोविन्द्रप्रसाद अधिकारी र उपमेयरमा उर्मिला पासवानले उम्मेदवारी दर्ता गराएका छन् । 
 
त्यसैगरी खैरहनी नगरपालिकामा सात वटा राजनीतिक दलसहित केही स्वतन्त्र उम्मेदवारले मेयर र उपमेयरका लागि मनोनयन दर्ता गराएका छन्  । नेपाली काँग्रेसका तर्फबाट मेयरमा राजेन्द्र चौधरी तथा उपमेयरमा सुशीला उप्रेतीले मनोनयन दर्ता गराएका छन् । 
 
त्यस्तै नेकपा एमालेबाट मेयरमा लालमणि चौधरी र उपमेयरमा सुनिता खरेल थपलियाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत टेकराज निरौलाले जानकारी दिए । यस्तै नेकपा माओवादी केन्द्रबाट मेयरमा एकराज डल्लाकोटी र उपमेयरमा रेवती उप्रेतीले मनोनयन गर्दा गराएका छन्  । यस्तै राप्रपाबाट चित्रबहादुर विसुरालले मेयर र मञ्जु बर्तौलाले उपमेयरका लागि मनोनयन दर्ता गराएका छन् । नयाँ शक्ति पार्टीका लालमणि कुँवरले मेयर तथा भवानीदेवी घिमिरेले उपमेयर पदमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत निरौलाले बताए ।  
 
यसैगरी राप्ती नगरपालिकामा नेपाली काँग्रेसबाट किरणभूषण ओलीले मेयर तथा अनिता मैनालीले उपमेयरमा मनोनयन दर्ता गराएका छन्  । नेकपा एमालेका तर्फबाट मेयरमा प्रभा बराल र उपमेयरमा इमानसिंह लामाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत परमेश्वर पराजुलीले जानकारी दिए । नेकपा माओवादी केन्द्रबाट मेयरमा रामचन्द्र पाठक र उपमेयरमा कल्पना लामाले मनोनयन दर्ता गराएका छन्  । 
 
यस्तै, कालिका नगरपालिकामा काँग्रेसबाट मेयरमा कमल आचार्य र उपमेयरमा निरुजा श्रेष्ठ, एमालेबाट मेयरमा खुमनारायण श्रेष्ठ र उपमेयरमा कमला भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् । 
यसैगरी माओवादी केन्द्रबाट मेयरमा रामध्वज डल्लाकोटी र उपमेयरमा सविता लामा, राप्रपाबाट मेयरमा इन्द्रबहादुर स्याङ्ताङ र उपमेयरमा बुद्धिलक्ष्मी स्याङ्ताङलगायतका दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । 
 
रत्ननगर नगरपालिकामा उपमेयर र वडाअध्यक्षमा बागी
 
यसैबीच, रत्ननगर नगरपालिकामा उपमेयर र वडाअध्यक्षमा बागी उम्मेदवारी परेको छ । नेपाली काँग्रेसकी नेतृ लक्ष्मी चौधरीले उपमेयरमा र काँग्रेसकै बन्धुराम महतोले वडा नं.९ मा वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
 
चौधरी समुदायबाट सयौँको संख्यामा दलबलसहित आएका उनीहरुले चितवनका भूमिपुत्रमाथि अन्याय भएको जिकिर गरे । थारु आदिवासीको बाहुल्यता भए पनि टिकट वितरणका क्रममा आफूहरुलाई पार्टीले अन्याय गरेको स्वतन्त्र उम्मेदवारी दिएका चौधरी र महतोले हिमालय खबरलाई बताएका छन् । 
 
चार महानगरकाे मेयर र उपमेयरमा क–कसकाे उम्मेदवारी ?
 
काठमाडौं महानगरपालिका मेयर
राजुराज जोशी – कांग्रेस
बिद्या सुन्दर शाक्य – एमाले/राप्रपा तालमेल
सर्वोत्तम डंगोल – माओवादी केन्द्र
पवित्र बज्राचार्य – नयाँ शक्ति/संघीय समाजवादी फोरम नेपाल तालमेल
रञ्जु न्यौपाने – विवेकशील पार्टी
किशोर थापा – साझा पार्टी
निर्मलकुमार थापा – राष्ट्रिय जनमोर्चा
 
काठमाडौं महानगरपालिका उपमेयर
हरिप्रभा खड्गी – कांग्रेस
सुशीला पौडेल – माओवादी केन्द्र
सविना अर्याल – नयाँ शक्ति/संघीय समाजवादी फोरम नेपाल तालमेल
निरूपमा यादव – साझा पार्टी
ऋतु सापकोटा केसी – राष्ट्रिय जनमोर्चा
राजाराम श्रेष्ठ – एमाले/राप्रपा तालमेल
 
ललितपुर महानगरपालिका मेयर
चिरीबाबु महर्जन – कांग्रेस
हरिकृष्ण व्यञ्जनकार – एमाले
दिनेश महर्जन – माओबादी केन्द्र
रमेश महर्जन – साझा पार्टी
 
ललितपुर महानगरपालिका उपमेयर
गीता सत्याल – कांग्रेस
हसिना शाक्य – माओवादी केन्द्र
बाबुकाजी प्रधान – एमाले/राप्रपा तालमेल
शोभा शाक्य – साझा पार्टी
 
पोखरा लेखनाथ महानगरपालिका मेयर
रामजी कुँवर – कांग्रेस
मानबहादुर जिसी – एमाले
विश्वप्रकाश लामिछाने – माओबादी केन्द्र
गीता गुरुङ – राप्रपा
होमबहादुर गुरुङ – नयाँ शक्ति/संघीय समाजवादी फोरम नेपाल तालमेल
 
पोखरा लेखनाथ महानगरपालिका उपमेयर
उमा ढकाल– माओबादी केन्द्र
सरस्वती गुरुङ – कांग्रेस
मञ्जु गुरुङ – एमाले
रमेश खत्री – राप्रपा
 
भरतपुर महानगरपालिका मेयर
दिनेश कोइराला – कांग्रेस
देवी ज्ञवाली – एमाले
रेणु दाहाल – माओबादी केन्द्र
बद्री तिमिल्सिना – राप्रपा
 
भरतपुर महानगरपालिका उपमेयर
पार्वती शाह – कांग्रेस
सुरेन्द्र तामाङ – माओबादी केन्द्र
दिव्य शर्मा – एमाले
रिना गुरुङ – राप्रपा
अन्य जिल्लाका उम्मेदबारहरू
रामेछाप
मन्थली नगरपालिका
कांग्रेस : विनोद कार्की, गंगा अधिकारी
एमाले : रमेश बस्नेत, माया कार्की
माओवादी केन्द्र : तारानारायण श्रेष्ठ, रितादेवी घिमिरे
 
रामेछाप नगरपालिका
कांग्रेस : नरबहादुर थापामगर, सिर्जना खड्का
एमाले : रोशन पाख्रिन, शान्ता सापकोटा
माओवादी केन्द्र : शिशिर खड्गी, इन्दिरा बख्रेल
 
चितवन
कालिका नगरपालिका
कांग्रेस : कमलप्रसाद आचार्य, निरुजा श्रेष्ठ
एमाले : खुमनारायण (गोपी) श्रेष्ठ, कमला भट्टराई
माओवादी : रामध्वज डल्लाकोटी, सविता लामा
 
राप्ती नगरपालिका
कांग्रेस : किरणभूषण ओली, अनिता मैनाली
एमाले : प्रभा बराल, इमानसिंह लामा
माओवादी : रामचन्द्र पाठक, कल्पना लामा घलान
 
माडी नगरपालिका
कांग्रेस : खेमप्रसाद महतो, शिवमाया भट्टराई
एमाले : नारदमणि पौडेल, ताराकुमारी काजी महतो
माओवादी : ठाकुरप्रसाद ढकाल, सरिता महतो
राप्रपा : बद्री तिमल्सिना
 
खैरहनी नगरपालिका
एमाले : लालमणि चौधरी, सुनीता थपलिया
माओवादी : एकराज डल्लाकोटी, रेवती उप्रेती ।
 
मकवानपुर
हेटौंडा उपमहानगपालिका
एमाले : हरिबहादुर महत
माओवादी : बलराम बल, कमला पौडेल
राप्रपा : मधु अधिकारी
 
थाहा नगरपालिका
एमाले : विष्णु ढकाल, कल्पना बलामी
माओवादी : लवशेर विष्ट, शकुन्तला गोपाली
राप्रपा : हरेराम कार्की ।
 
काभ्रे
धुलिखेल नगरपालिका
कांग्रेस : रमेशप्रसाद हुमागाईं, निर्मला योगल श्रेष्ठ
एमाले : अशोक व्याञ्जु, जमुना लामा
माओवादी : सरस्वती लामा (कविता), दिनदयाल सोजू
राप्रपा : मनसुमन श्रेष्ठ, रमा थापा
 
बनेपा नगरपालिका
कांग्रेस : राम जोशी, निर्मला श्रेष्ठ
एमाले : लक्ष्मीनरसिंह बादे, रेखा सापकोटा (दाहाल)
माओवादी : भोला अर्याल, सुशीला शुद्धकार
राप्रपा : अनन्तप्रसाद दाहाल, रुपा बिष्ट
 
पनौती नगरपालिका
कांग्रेस : विदुर वञ्जारा, अञ्जु रञ्जित केसी
एमाले : भीम न्यौपाने, गीता बञ्जारा
माओवादी : जगन्नाथ गिरी, जमुना सापकोटा
राप्रपा : आरजुकुमार केसी, अप्सरा विक
 
पाँचखाल नगरपालिका
कांग्रेस : महेश खरेल, लक्ष्मी दनुवार
एमाले : रुद्र बानियाँ, भक्तकुमारी लामा
माओवादी : आइतसिं तामाङ, रुकमणि बराइली
राप्रपा : बिष्णु गौतम, सुनिता दनुवार सापकोटा
 
नमोबुद्ध नगरपालिका
कांग्रेस : कुन्साङ लामा, कमला खनाल
एमाले : टंकप्रसाद शर्मा (टिपी), रामदेवी लामा
माओवादी : रत्न लामा, नानू घतानी
राप्रपा : भीमबहादुर लामा, भवानी उप्रेती
 
मण्डन देउपुर नगरपालिका
कांग्रेस : अच्युतप्रसाद पौडेल, राधिका ढकाल
एमाले : टोकबहादुर वाइबा, निर्मला शाही
माओवादी : रिता ढकाल, निरञ्जन विष्ट
राप्रपा : रामकृष्ण सापकोटा,
 
बेथानचोक गाउँपालिका
कांग्रेस : प्रेमबहादुर तिमल्सिना, सरिता लामिछाने तामाङ
एमाले : प्रेम लामा, उन्नती केसी
माओवादी : मर्दनसिं तामाङ, तारा राना तिमल्सिना
राप्रपा : कमलबहादुर लामा, उपाध्यक्ष : टुंगो लाग्न बाँकी
 
रोशी गाउँपालिका
कांग्रेस : दलबहादुर लामा (डिबी), लक्ष्मी बर्तौला
एमाले : बज्रध्वज वाइबा, बबिता बोहोरा
माओवादी : मिमबहादुर वाइबा, उपाध्यक्ष : टुंगो लाग्न बाँकी
राप्रपा : पशुपतिकुमार शाह, गंगामाया लामा
 
भुम्लु गाउँपालिका
कांग्रेस : तस्बिर लामा, शान्ता क्षेत्री थापा
एमाले : गुमानध्वज कुँवर, कल्पना श्रेष्ठ
माओवादी : नकुल पराजुली, अनिता गुरुङ
राप्रपा : नारायणदास उप्रेती,
 
तेमाल गाउँपालिका
कांग्रेस : सलामसिं तामाङ, दुर्गामाया तामाङ
एमाले : प्रदीप लामा, उषा घिसिङ
माओवादी : गंगाबहादुर दोङ, कल्पना मोक्तान
राप्रपा : केशव तामाङ,
 
महाभारत गाउँपालिका
कांग्रेस : रकमसिंह घलान, बिष्णुमाया पुलामी
एमाले : राजकुमार कुँवर, रविनमाया अस्तानी
माओवादी : कान्छामान जिम्बा, जुनिता मगर
राप्रपा : प्रकाश मोक्तान,
 
खानीखोला गाउँपालिका
कांग्रेस : गोपाल घिमिरे, तारादेवी आचार्य
एमाले : कृष्णबहादुर खुलाल, रुकमणि गुरुङ
माओवादी : इन्द्रबहादुर थिङ, बिष्णुमाया मोक्तान
राप्रपा : चन्द्रबहादुर जिम्बा,
 
चौरीदेउराली गाउँपालिका
कांग्रेस : विक्रम गौतम, मिना लामा
एमाले : लेखराज गौतम, यशु लामा
माओवादी : दिनानाथ गौतम, गीता रसाइली
राप्रपा : गण्डिवराज गिरी,
 
नुवाकोट
विदुर नगरपालिका
माओवादी : लीलानाथ न्यौपाने, सुभद्रा नेपाल
एमाले : सञ्जु पण्डित, गीता दाहाल अर्याल
 
बेलकोटगढी नगरपालिका
एमाले : राजेन्द्ररमण खनाल, रूपा सापकोटा
माओवादी : जगबहादुर गुरुङ, कविता ढुंगाना
राप्रपा : कुमार गजुरेल
 
म्याग्दी
बेनी नगरपालिका
कांग्रेस : हरिकुमार श्रेष्ठ
एमाले : प्रमोद श्रेष्ठ/सुरत केसी, दुर्गा कार्की बानियाँ
माओवादी : ज्योती लामिछाने पौडेल (उपप्रमुख)
राप्रपा : एकेन्द्र रावल (प्रमुख), सञ्जु बरुवाल
 
तनहुँ
ब्यास नगरपालिका
कांग्रेस : वैकुण्ठ न्यौपाने, मीरा जोशी
एमाले : शंकरनारायण श्रेष्ठ, मनुमाया श्रेष्ठ
माओवादी केन्द्र : अतेन्द्रकेशरी न्यौपाने (प्रमुख)
 
भानु नगरपालिका
एमाले : विद्यानाथ ढकाल, भगवती न्यौपाने
 
शुक्लागण्डकी नगरपालिका
एमाले : रामचन्द्र उपाध्याय, रेखा थापा बस्याल
माओवादी केन्द्र : अतेन्द्रकेशरी न्यौपाने (प्रमुख)
 
भीमाद नगरपालिका
कांग्रेस : पुष्पा पराजुली, इन्दिरा खनाल
एमाले: दधिराज सुवेदी (प्रमुख)
 
बागलुङ
बागलुङ नगरपालिका
राप्रपा : सुरेन्द्र खडका (प्रमुख)
 
जैमिनी नगरपालिका
राप्रपा : केशव सापकोटा, विना केसी
 
ढोरपाटन नगरपालिका
राप्रपा : नीमबहादुर भण्डारी, नरमती बुढा
 
लमजुङ
बेंसीसहर नगरपालिका
कांग्रेस : भेषबहादुर पौडेल, तिरकाशी गुरुङ
राप्रपा : रामबहादुर थापा (प्रमुख)
 
सुन्दरबजार नगरपालिका
कांग्रेस : बद्रीमान श्रेष्ठ, ज्ञानु शाह
राप्रपा : नवराज बसौला (प्रमुख)/
माओवादी केन्द्र : अतेन्द्रकेशरी न्यौपाने (प्रमुख)
 
मध्यनेपाल नगरपालिका
कांग्रेस : रमेशकुमार पाण्डे, सीता शाही
माअ‍ोवादी केन्द्र : मोहनहरि पौडैल (प्रमुख)
राप्रपा : श्रीप्रसाद घिमिरे, गुहेश्वरी बिक
 
राइनास नगरपालिका
कांग्रेस : खडकबहादुर गुरुङ (प्रमुख)
एमाले : सिंहबहादुर थापा (प्रमुख
राप्रपा : राजेन्द्र लौडारी (प्रमुख)
 
सुर्खेत
वीरेन्द्रनगर नगरपालिका
कांग्रेस : देवकुमार सुवेदी, जानकी सिंह
एमाले : बालाराम शर्मा, मोहनमाया ढकाल
माओवादी : रत्न गाहा, उपप्रमुख हरिमाया शर्मा
 
गुर्भाकोट नगरपालिका
कांग्रेस : हस्त पुन, मैना विक
एमाले : देवबहादुर खत्री, सुशीला विक
माओवादी : हिरा थापा, नन्दकली विक
 
भेरीगंगा नगरपालिका
कांग्रेस: भूपेन्द्रबहादुर चन्द, रेणु ढकाल
एमाले : यज्ञप्रसाद ढकाल, चन्द्रा आचार्य
माओवादी : कृष्णप्रसाद गिरी, डिलसरा थापा
 
पञ्चपुरी नगरपालिका
कांग्रेस : उपेन्द्रबहादुर थापा, मुक्तिदेवी पुरी
एमाले : मनबहादुर विक, राजकुमारी तिवारी
माओवादी : धनबहादुर थापा, सीता पाण्डे
 
लेकबेंसी नगरपालिका
कांग्रेस : उमेश पौडेल, डिलमती विक
एमाले : गगनसिं सुनार, शान्तिकुमारी छन्तेल
माओवादी : खड्गबहादुर घर्ती, आरती विक
 
मुसीकोट नगरपालिका
कांग्रेस : महेन्द्र केसी, हिमकुमारी मल्ल
एमाले : विमलकुमार पुन, केशरी गौतम
माओवादी : देविलाल गौतम, प्रेमकुमारी सुनार केसी
 
चौरजहारी नगरपालिका
कांग्रेस : बलवीर गोसाईँ, मनीषा भण्डारी
एमाले : शेरबहादुर केसी, कल्याणी खड्का
माओवादी : विशाल शर्मा, राधा रोका
 
आठबिसकोट नगरपालिका
कांग्रेस : धिरेन्द्र बटाला, अनिता बुढा
एमाले : हरिप्रसाद शर्मा, अमृता शाह
माओवादी : गोरखबहादुर केसी, गीता नेपाली
 
कालिकोट
खाँडाचक्र नगरपालिका
एमाले : जसिप्रसाद पाण्डे, विजया विष्ट
कांग्रेस : पदमबहादुर शाही, राजकौरा शाही
माओवादी : लक्ष्मी प्र चौलागाईं (शैलेन्द्र), गंगा खड्का
 
रास्कोट नगरपालिका
एमाले : मनिराज बराल, उमा शाही
कांग्रेस : दानबहादुर बम, भावना शाही
माओवादी : काशिचन्द्र बराल, मिमसरा बम शाही
 
तिलागुफा नगरपालिका
एमाले : कलबहादुर शाही, गंगा खत्री
कांग्रेस : शंकर उपाध्याय, लक्ष्मी शाही
माओवादी : रतनबहादुर शाही
 
जुम्ला
चन्दननाथ नगरपालिका
माओवादी : अशोक कुमार श्रेष्ठ
 
जाजरकोट
भेरी नगरपालिका
कांग्रेस : सनतकुमार कार्की, धनाकुमारी चपाई
एमाले : सिपी घर्ती मगर, भावना भण्डारी
माओवादी : ढकबीर राना, कृष्णा शर्मा
 
छेडागार नगरपालिका
कांग्रेस : रत्नबहादुर खडा, उपप्रमुख रेश्मा शाही
एमाले : लालबहादुर महतारा, सरीता वली
माओवादी : चन्द्रबहादुर थापा, धर्मशिला बस्नेत
 
त्रिवेणी नलगाड नगरपालिका
कांग्रेस : छवि पन्त, धनमाया शाही
एमाले : नबेन्द्र नेपाली, सुनिता बोहरा
माओवादी : टेकबहादुर रावल, बालकुमारी बस्नेत
 
दैलेख
नारायण नगपालिका
काँग्रेस : मणिराम रेग्मी, वासना थापा
एमाले : रत्नबहादुर खड्का, सावित्री मल्ल
राप्रपा : गंगाराम बस्नेत, कृष्ण सिहं
माओवादी : दानबहादुर महतारा
 
दुल्लु नगरपालिका
कांग्रेस : घनश्याम भण्डारी, कृष्णा शाही
एमाले : बरुनाथ योगी, विस्ना थापा खड्का
राप्रपा : गणेश उपाध्यय, दुर्गा शाही
माओवादी : ढकेन्द्रबहादुर शाही
 
आठविस नगरपालिका
कांग्रेस : प्रेम प्रकाश शाही, दीपा माझी
एमाले : खड्गराज उपाध्याय, गौमता विक
माओवादी : जोकबहादुर थापा मगर
 
चामुण्डा विन्दासैनी नगरपालिका
कांग्रेस : गणेशकुमार शाही, इन्द्राकुमारी शाही
एमाले : सूर्यबहादुर शाही, तारा शाही
मावोवादी : रण बहादुर खड्का ।
 
रुकुम
मुसिकोट नगरपालिका
कांग्रेस : महेन्द्र केसी, हिमकुमारी मल्ल
एमाले : विमलकुमार पुन, केशरी गौतम
माओवादी : देवीलाल गौतम, प्रेमकुमारी सुनार केसी
 
चौरजहारी नगरपालिका
कांग्रेस : बलवीर गोसाईं, मनीषा भण्डारी
एमाले : शेरबहादुर केसी, कल्याणी खड्का
माओवादी : विशाल शर्मा, राधा रोका
 
आठबिसकोट
कांग्रेस : धीरेन्द्र बटाला, अनिता बुढा
एमाले : हरिप्रसाद शर्मा, अमृता शाह
माओवादी केन्द्र : गोरखबहादुर केसी, गीता नेपाली
 
म्याग्दी
बेनी नगरपालिका
एमाले : प्रमोद श्रेष्ठ (प्रमुख)
राप्रपा : सन्जु बरुवालले (उपप्रमुख)
कांग्रेस : हरीकुमार श्रेष्ठ (प्रमुख)
माओवादी केन्द्र : ज्योति लामिछाने पौडेल (उपप्रमुख)
 
अन्नपूर्ण गाउँपालिका
कांग्रेस : डमबहादुर गर्वुजा पुन (प्रमुख)
एमाले : नारान पुन (प्रमुख)
माओवादी केन्द्र : लालमाया पुन (उपप्रमुख)
 
मंगला गाउँपालिका
एमाले : सतप्रसाद रोका, सृजना केसी
कांग्रेस : शर्मिला थापा (उपप्रमुख)
माओवादी केन्द्र : चन्द्रबहादुर बुढाथोकी (प्रमुख)