मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भरतपुर महानगरको मेयरमा एक स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

भरतपुर महानगरको मेयरमा एक स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता


चितवन । भरतपुर महानगरपालिकामा मेयर पदका लागि एक स्वतन्त्र उम्मेदवारसहित १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उपमेयरमा १२ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । 
 
राजनीतिक दलहरुले बाजागाजा, र्याली र दलबलसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् । प्रमुख पदमा नेपाली कांग्रेसका तर्फबाट दिनेश कोइराला, नेकपा एमालेका तर्फबाट देवीप्रसाद ज्ञवाली, माओवादी केन्द्रका तर्फबाट रेणु दाहाल र राप्रपाबाट बद्री तिमिल्सिनाले उम्मेदवारी दर्ता गराएका हुन् । 
 
यस्तै नेपाल दलित पार्टीका दिलबहादुर विश्वकर्मा, राष्ट्रिय जनमुक्ति पार्टीबाट ज्ञानबहादुर गुरुङ, संघीय लोकतान्त्रिक मन्च थारुहटबाट जीवनराम महतो, राष्ट्रिय जनमोर्चाबाट भक्तिराम गौतम, फोरम लोकतान्त्रिकबाट राजु पौडेल, नेपाल मजदुर किसान पार्टीबाट रविनकुमार प्रधान, नयाँ शक्तिबाट सूर्यप्रसाद तिमिल्सिना र स्वतन्त्र रुपमा प्रेमकुमार सुनारले उम्मेदवारी दर्ता गराएका छन् ।
 
त्यस्तै उपप्रमुख पदमा नेपाली कांग्रेसका तर्फबाट पार्वती शाह, नेकपा एमालेका तर्फबाट दिव्य शर्मा आचार्य, माओवादी केन्द्रका तर्फबाट सुरेन्द्र गुरुङ, राप्रपाबाट रिना गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टीबाट निर्मला आलेमगर, राष्ट्रिय जनमोर्चाबाट उमादेवी शर्मा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट निरु कार्की र नयाँ शक्तिबाट शारदा घिमिरेले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । 

शेयर गर्नुहोस:

0
Shares