मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

रत्ननगर कांग्रेसको मेयरमा रुपनराज घिमिरे र उपमेयरमा निता ढकालको उम्मेदवारी

रत्ननगर कांग्रेसको मेयरमा रुपनराज घिमिरे र उपमेयरमा निता ढकालको उम्मेदवारी


चितवन । लामो समयको प्रतीक्षापछि चितवनको दोस्रो नगरपालिका रत्ननगरमा नेपाली कांग्रेसले नगरसभापति रुपनराज घिमिरेलाई मेयरको उम्मेदवार बनाएको छ । यस्तै उपमेयरमा कांग्रेस जिल्ला प्रवक्ता निता ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 
 
कांग्रेस जिल्ला कार्यसमितिले उम्मेदवारको टुंगो लगाउन नसकेपछि क्षेत्रीय समितिले प्रस्ताव गरेको आकांक्षीका नाम केन्द्रमा पठाएको थियो । सोमबारसम्म राजनीतिक उथलपुथल र विभिन्न अन्योलले चुनावप्रति आशंका बढेको थियो । पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गर्ने समय नजिकिँदै आइसक्दा रत्ननगर कांग्रेसमा मेयर र उपमेयरको टुङ्गो नलाग्दा कार्यकर्ता निराश देखिएका थिए । 
 
यसअघि नेकपा एमालेले रत्ननगर नगरपालिकाको मेयरमा संस्थापक नगरप्रमुख नारायण वन र उपप्रमुखमा विमला दुवाडीको टुङ्गो लगाइसकेको थियो । कांग्रेससँग प्रतिस्पर्धी मानिएको दल एमालेले मेयर/उपमेयरसहित वडाका उम्मेदवारलाई स्वागत गरिरहँदा कांग्रेसभित्र कसलाई उम्मेदवार बनाउने भन्ने रस्साकस्सी चलिरहेको थियो । 
 
यद्यपि मध्यरातमा फेसबुकका भित्ताहरुमा रत्ननगरमा कांग्रेसका मेयर/उपमेयरको नाम पोष्ट हुन थालिसकेका थिए । आज मंगलबार बिहानमात्रै अधिकांश कांग्रेस कार्यकर्ता र नगरवासीले मेयरमा घिमिरे उपमेयरमा ढकाल उम्मेदवार रहेको जानकारी पाएका थिए । उम्मेदवारको टुङ्गो लागेपछि सयौँ कार्यकर्ताले उमङ्गका साथ मोटरसाइकल ¥याली निकालेका थिए । 
 
मेयरका उम्मेदवार घिमिरे काठमाडौँमै रहेका कारण कार्यकर्ता उनको व्यग्र प्रतीक्षामा थिए । बिहानैदेखि भरतपुर विमानस्थलमा सयौँ कार्यकर्ता र समर्थकहरु उनको स्वागतमा प्रतीक्षारत थिए । विमान डिले भएका कारण उनी अपरान्हमात्रै चितवन ओर्लिएका थिए । 
 
उपमेयरकी उम्मेदवार ढकालले फोनमा उत्साहित हुँदै भनिन्, ‘कांग्रेसले रत्ननगरमा ऐतिहासिक नतिजा हासिल गर्नेछ ।’ कांग्रेसका १ देखि १६ वटै वडाका नेता, कार्यकर्ता, समर्थकले विभिन्न झाँकी, बाजागाजा, भजनकीर्तनसहित हरिहर मन्दिरमा उत्साहजनक सहभागिता देखाएका छन् । 
 
रत्ननगरका सडकहरु चारतारे र रुख अंकित झण्डासहित भरिभराउ भएका छन् । कांग्रेसको पक्षमा नारावाजी र गीतले रत्ननगर गुञ्जायमान बनेको छ । हजारौँ समर्थकले हरिहर मन्दिरहुँदै शिवालय मन्दिरबाट भव्य ¥यालीसहित रत्ननगर नगरपालिकाभित्र रहेको निर्वाचन कार्यालयमा सबै उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । मेयरमा घिमिरे, उपमेयरमा ढकालसहित १६ वटै वडाका वडाअध्यक्षसहित ८२ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत गीता गुरुङले जानकारी दिएकी छन् । 

शेयर गर्नुहोस:

0
Shares