बिश्व घटना

अमेरिकामा पौडी खेल्दा डुबेर नेपाली विद्यार्थीको निधन

अमेरिकामा पौडी खेल्दा डुबेर नेपाली विद्यार्थीको निधन


हिमालयखवर संवाददाता
मिनिसोटा (अमेरिका) – अमेरिकाको उत्तरी राज्य मिनिसोटाको एक विश्वविद्यालयमा अध्ययनरत नेपाली बिद्यार्थीको नदीमा डुबेर निधन भएको छ ।
 
स्थानीय साउथवेस्ट मिनिसोटा स्टेट युनिभर्सिटीमा अध्ययन गर्ने अर्बिन थापाको शनिबार दिउँसो पौडी खेल्ने क्रममा नदीमा डुबेर निधन भएको हो । 
 
मृतक थापाका आफन्त प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापाका अनुसार डेढ वर्ष अघि उच्च शिक्षाका लागि उनी अमेरिका आएका थिए । उनी हस्पिटालिटी मेनेजमेन्ट अध्ययन गर्न सन् २०१५ अगष्टमा अमेरिका आएका थिए । 
 
लमजुङको सुन्दरबजार–३ भोटेओढार घर भएका २० वर्षिय थापाको शवलाई अहिले पोस्टमार्टका लागि स्थानीय अस्पतालमा राखिएको छ । शनिबारदेखि नदीमा डुबेर हराइरहेका उनको शव आइतबार बिहान भेटिएको थियो ।
 

शेयर गर्नुहोस:

216
Shares