मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गोहीको आक्रमणबाट बाँच्न सफल बालकलाई आर्थिक सहयोग

गोहीको आक्रमणबाट बाँच्न सफल बालकलाई आर्थिक सहयोग


गोहीको आक्रमणबाट बाँच्न सफल पश्चिम चितवनको जगतपुरका १२ वर्षीय अर्जुन हरिजनको उपचारका लागि विदेशमा बस्ने नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । 

गत चैत २५ गतेको भरतपुर–२३ स्थित जगतपुर घैलाघारीका अर्जुनलाई साथीहरुसँग पौडीखेल्ने क्रममा गोहीले आक्रमण गरेको थियो । गोहीको आक्रमणबाट उनको हात भाँचिएको छ भने शरीरैभरि गहिरो घाउ लागेको छ । उनका साथीहरुले गोहीको आँखामा लौरोले हानेर गोहीको मुखबाट उनलाई छुटाएका थिए । उनको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
 
विभिन्न सञ्चारमाध्यममा गोहीको मुखबाट बाँचेको समाचार आएपछि सहयोग जुट्नेक्रम तीव्र बनेको हो । उनको उपचारमा लागेको १ लाख २५ हजार रुपैयाँ तिर्न नसकेको खबर समाचारमा आएपछि देशविदेशमा बस्ने नेपाली र विभिन्न संघसंस्थामार्फत् शुक्रबार ५१ हजार रुपैयाँ सहयोग भएको छ । 
 
यसैगरी, चितवन सेवा समाज बहराइनबाट गोहीको आक्रमणबाट घाइते भएका बालकको उपचारार्थ ३५ हजार ५ सय संकलन गरी पठाइएको रकम शुक्रबार अन्तर्राष्ट्रिय समन्वय समिति नेपालका अध्यक्ष मुक्तिराम पोख्रेलले चितवन मेडिकल कलेजमा उक्त रकम उनको परिवारलाई हस्तान्तरण गरे । 
 
परोपकारी अभियानमा चितवनवासीको लागि चितवन युवा समूह भन्ने नारालाई साकार पार्न विश्वभरि रहेका चितवनेहरुको छाता संगठन चितवन युवा समूह, अन्तर्राष्ट्रिय समन्वय समिति नेपालले समन्वयकारी भूमिका खेलेको थियो । 
 
वैदेशिक रोजगारको लागि दुवईमा रहेका दिलीप विश्वकर्माको अगुवाईमा संकलित रकम नेपाल उत्पीडित जातीय मुक्ति समाज चितवनका अध्यक्ष विजयकुमार विश्वकर्माले बालकका आमाबुबा फूलमाया र रामबहादुर हरिजनलाई हस्तान्तरण गरेका थिए । दुवईमा रहेका नेपालीका सहयोगी हातहरु नामक संस्थाको पहलमा संकलन भएको रकमको सही सदुपयोग हुने विश्वकर्माले बताए । 

शेयर गर्नुहोस:

0
Shares