मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मह जोडीले भने, ‘अब भ्रष्टाचारीले छाएको पानी नखाऔँ’

मह जोडीले भने, ‘अब भ्रष्टाचारीले छाएको पानी नखाऔँ’


बर्दिबास । महोत्तरीको बर्दिबासमा धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरेको मुसहर बस्ती स्थानीयलाई हस्तान्तरण गरिएको छ । 
 
मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले बस्तीको साँचो मुसहर समुदायलाई हस्तान्तरण गरे । बस्ती हस्तान्तरण गर्दै महजोडीले सरसफाइका लागि एक लाख रुपैयाँ पनि सहयोगको घोषणा गरेका छन् । 
 
“यहाँ निर्माण कार्य त सकिएको छ तर यहाँको सरसफाइका लागि भनेर हामीले एकलाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छौं,” मदनकृष्ण श्रेष्ठले भने । अर्का कलाकार हरिवंश आचार्यले सामाजिक काम गर्न साच्चिकै अप्ठेरो भए पनि त्यो काम कलाकार धुर्मुस र सुन्तलीले गरेरै छाडेकोमा प्रशंसा व्यक्त गरे । 
 
आचार्यले धुर्मुस्लाई सामाजिक नायकको उपाधि दिए । उनले भने, “हामीपछि जन्म भए पनि हामीले सामाजिक अभियन्ताको गुरुभन्दा फरक नपर्ला । सामाजिक काम गर्दा यति धेरै कुरा काट्छन् भन्ने कुरा हामीले जनआन्दोलनका बेला भोगिसकेका छौं । 
 
उनले अब मुलुकले यस्तै सामाजिक अभियन्ताबाट नेता जन्माउने दाबीसमेत गरे । ‘नेतालाई मात्रै कति गाली गर्नु रु, उनले भने, “धुर्मुस सुन्तलीले पार्टी खोलिदिए भने केपी ओली, शेरबहादुर देउवाजस्ता नेताहरु हेरेको हेर्यै हुनबेर छैन ।”
 
उनले कतिपयले अहिले पनि मुसहरले छोएको पानी नखाने बताउँदै भने– तपाइँहरुले छोएको पानी नखानेहरु पनि छन् । अब त्यो होइन भ्रष्टाचारीले छोएको पानी नखाऔं ।