मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

महानगरको मेयरमा लड्न प्राध्यापकले दिए राजीनामा

महानगरको मेयरमा लड्न प्राध्यापकले दिए राजीनामा


चितवन । चितवनमा स्थानीय तहको चुनावी सरगर्मी बढिरहँदा कृषि तथा वन विज्ञान विश्वविद्यालयको विशिष्ट श्रेणीको प्राध्यापकको जागिर छाडेर प्राडा सूर्यकान्त घिमिरे भरतपुर महानगरपालिकाको मेयर पदका लागि प्रत्याशीका रुपमा देखिएका छन् । 
 
विद्यार्थीकालदेखि नै नेपाली काँग्रेससँग आबद्ध रहेर राजनीति गर्दै आएका घिमिरेले यसै महिनादेखि लागू हुने गरी विश्वविद्यालयको प्राध्यापकको जागिरबाट राजीनामा दिएका हुन् ।  
 
अझै ११ वर्ष सेवा अवधि बाँकी रहँदा सो विश्वविद्यालयका संस्थापक रजिष्ट्रारसमेत रहेका घिमिरे काँग्रेसका अन्य आकांक्षीको लाममा जागिर छोडेर उत्रिएका हुन् । त्रिचन्द्र कलेज काठमाडौँबाट आइएसीएजी, कृषि क्याम्पस रामपुरबाट बिएस्सी एजी र जापानको ओकायामा विश्वविद्यालयबाट एमएस्सी एजी एवम् सोही विश्वविद्यालयबाट विद्यावारिधि गरेका घिमिरेले विसं २०४७ सालदेखि कृषि क्याम्पस रामपुरमा पढाउँदै आएका थिए । उनले अणुवंशिक विषयमा विद्यावारिधि गरेका हुन् । 
 
विद्यालयदेखि नै राजनीतिमा सक्रिय घिमिरे त्रिचन्द्र क्याम्पसको नेविसङ्घ एकाइका अध्यक्ष, कृषि क्याम्पस रामपुरमा नेविसङ्घका तर्फबाट दुई पटकसम्म स्ववियु सभापतिको उम्मेदवार भई पराजित भएका थिए । 
 
नेविसङ्घ चितवनका सभापति, नेका महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमिति सदस्य, जिल्ला कार्यसम्पादन समिति सदस्य, नेपाल प्राध्यापक सङ्घको केन्द्रीय सदस्यलगायतका पदमा रहेर काम गरिसकेकान घिमिरेले पटकपटक गरी झन्डै एक वर्ष जेल जीवन बिताइसकेका छन् । 
 
घिमिरेका अनुसार पञ्चायतकालीन समयमा माडी, जगतपुरलगायतका क्षेत्रमा सङ्गठन विस्तारका क्रममा नेपाली सेनाले सार्वजनिक रुपमा बाँधेर यातना दिई बन्दीगृहमा राखेको थियो । 
 
हाल ग्रेडसहित मासिक रु ६० हजार तलब खाँदै आएका घिमिरेले महानगरपालिकालाई दूरदर्शी ढङ्गले सञ्चालन गर्नसक्ने आफू उपयुक्त उम्मेदवार भएकाले पार्टीले टिकट दिने विश्वासका साथ जागिरबाट राजीनामा दिएर महानगर क्षेत्रमा घरदैलो अभियानमा लागेको बताए । 
 
महानगरका लागि नेकाबाट ३४ जनाले आकांक्षा देखाएका छन् । नेका भरतपुर महानगरले इच्छुक दावेदारलाई निवेदन दिन आह्वान गरेपछि ३४ जना पुरुषले मेयर र एक पुरुष र १४ महिला गरी १५ जनाले उपमेयरका लागि निवेदन दिएका छन् ।