मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

श्रीमती र छोरामाथि खुकुरी प्रहार

श्रीमती र छोरामाथि खुकुरी प्रहार


नुवाकोट । विदुर नगरपालिका– ६ चारघरे मान्द्रेढुङ्गाका यमलाल राईले श्रीमती र छोरालाई खुकुरी प्रहार गरी घाइते बनाएका छन् । अत्याधिक मादक पदार्थ सेवनगरी मंगलबार बिहान यमलालले श्रीमती राममाया र छोरा राजुलाई अन्धाधुन्द खुकुरी प्रहार गर्दा दुवैको अवस्था गम्भीर भएको छ । 
 
खुकुरी प्रहारबाट ४४ वर्षका राममायाको टाउको र हातमा गहिरो चोट लाग्नुका साथै बाँया आँखा फुटेको छ । आमालाई बाबुले खुकुरी प्रहार गर्न थालेपछि छुट्याउन गएका २१ वर्षका छोरा राजुको पनि टाउको र घाँटीमा खुकरी प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कंँडेलले जानकारी दिए ।
 
‘अत्यधिक मादक पदार्थ सेवन गरी मध्यरातमा घर पुगेका यमलालले राममायाको ज्यान लिने उद्देश्यले टाउको र घाँटीमा खुकुरी प्रहार गरेको देखियो ।’ डिएसपी कँडेलले भने– ‘छेक्न गएपछि छोरालाई पनि टाउको र घाँटीमा खुकरी प्रहार गरी गहिरो चोट लागेको छ, घटना ज्यान लिने उद्देश्यले भएको छ ।’ 
 
यमलाललाई छिमेकीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । घाइतेको नुवाकोट सिटी अस्पताल विदुरमा उपचार भइरहेको छ । रासस

शेयर गर्नुहोस:

0
Shares