मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहको निर्वाचनमा सहयोग गर्न प्रधानमन्त्रीको अपिल

स्थानीय तहको निर्वाचनमा सहयोग गर्न प्रधानमन्त्रीको अपिल


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सहयोग गर्न अपिल गरेका छन् । 
 
राष्ट्रिय सूचना आयोगले यहाँ आज प्रस्तुत गरेको आयोगको आर्थिक वर्ष २०७२/७३ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले केही मानिसले संविधान कार्यान्वयन र स्थानीय तहको निर्वाचन हुन नदिने चलखेल गरिरहेको सन्दर्भमा निर्वाचन सम्पन्न गर्नका लागि आम नागरिकसँग अपिल गरेका हुन् ।  
 
राजनीतिक अस्थिरता, राजनीतिक खिचातानीभन्दा पनि जनताले विकास चाहेको अवस्थाामा व्याप्त राजनीतिक अस्थिरताको अन्त्य गर्दै संविधान कार्यान्वयन गरी मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउने सरकारको प्राथमिकता रहेको प्रधनमन्त्री ‘प्रचण्ड’को भनाइ छ । 
 
“प्राप्त उपलब्धि संस्थागत गर्ने सन्दर्भमा निर्वाचन धेरै नै महत्वपूर्ण हुनेछ, निर्वाचन देशका लागि अपरिहार्य बनेको छ, त्यसैले सही ढङ्गबाट सम्पन्न गर्न सबैको उत्तिकै भूमिका हुन्छ”–उनले भने । 
आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले आव २०७२/७३ मा आयोगमा ६ सय ७८ पुनरावेदन परेकामा ६ सय ७४ वटा फछ्र्यौट भई प्रगति ९९.४ प्रतिशत रहेको जानकारी दिए । आयुक्तद्वय यशोधा तिमिल्सिना र किरणकुमार पोखरेलले आयोगले प्रस्तुत गरेको प्रतिवेदनलाई छलफलका लागि संसदमा प्रस्तुत गर्न प्रधानमन्त्रीलाई आग्रह गरे । रासस